+
+
WC Series
जनकपुर बोल्ट्स 2025
13/2 (1.5)
VS
१०९ बलमा १४३ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १६:५८

११ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएकी एक कैदी पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–९ घर भएकी ३९ वर्षीया सरिता सुवेदी छन् । उनलाई जिउ मास्ने बेच्ने कसुरमा अदालतले १३ वर्ष कैद सुनाएको थियो ।

उनी सुन्धारा कारागारको महिला बन्दी गृहमा थिइन् । जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएकी थिइन् । फरार सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ठूलो भर्‍याङबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयका लागि कारागार पठाइएको सीआईबीको प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?