११ मंसिर, काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा मृत्यु हुनेको संख्या ५५ पुगेको छ । १०० जनाभन्दा बढीको अवस्था अझै अज्ञात छ ।
स्थानीय समयअनुसार बुधबार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । यो ताई पो जिल्लाको एक ठूलो हाउजिङ कम्प्लेक्स हो ।
बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
कम्प्लेक्समा ८ वटा आवसीय भवन रहेकोमा ७ वटामा आगो लागेको थियो ।
अग्नि नियन्त्रकहरूले आगलागी भएका मध्ये चार भवनमा लागेको आगो नियन्त्रणमा लिइसकेका छन् । बाँकी भवनमा लागेको आगोहरू साँझसम्म नियन्त्रणमा आउने आशा उनीहरूले गरेका छन् ।
प्रतिक्रिया 4