+
+
WC Series
जनकपुर बोल्ट्स 2025
45/6 (8.6)
VS
६६ बलमा १११ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

निष्पक्ष निर्वाचनसहित ८ विषयमा नागरिक समाजले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर निष्पक्ष निर्वाचन तयारीसहित ८ विषयमा ध्यानाकर्षण गराएका छन्।
  • प्रतिनिधिमण्डलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको निष्पक्ष छानबिन र लोकतन्त्र संरक्षणमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको छ।
  • नागरिक समाजलाई राज्यको साझेदार मान्न, सुशासन, जवाफदेहिता, भ्रष्टाचार निष्कर्ष र राष्ट्रिय संवाद संयन्त्र सक्रिय बनाउन राष्ट्रपतिलाई सुझाव दिइएको छ।

११ मंसिर, काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर निष्पक्ष निर्वाचनको तयारीसहित ८ विषयमा ध्यानाकर्षण गराएका छन् ।

गैरसरकारी संस्था महासंघ, नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुन कुमार भट्टराईको नेतृत्वको टोलीले ९ विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको हो ।

भेटमा देशको वर्तमान राजनीतिक परिस्थिति, लोकतन्त्र तथा संवैधानिक मूल्यको रक्षा, नागरिक समाजको भूमिका र आगामी निर्वाचनको तयारी लगायतका विषयमा कुराकानी भएको छ ।

प्रतिनिधिमण्डलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको निष्पक्ष छानबिन, लोकतन्त्र, संविधान र विधिको शासनको संरक्षण, तोकिएको समयमै निष्पक्ष निर्वाचन लगायतबारे राष्ट्रपति पौडेललेको ध्यानाकर्षण गराएको जारी विज्ञप्तिमा उल्लेख छ ।

नागरिक समाजमाथि नियोजितरूपमा भ्रम छर्ने, आरोपित गर्ने काम भइरहेको प्रतिनिधिमण्डलले नागरिक समाजलाई राज्यको साझेदारका रूपमा लिइनुपर्ने बताएको छ ।

यस्तै सुशासन, पारदशिशर््ता, जवाफदेहिता र ठूला भ्रष्टाचारको निष्कर्ष, युवापुस्ताको आवाजलाई नीति निर्माणमा संस्थागत रूपमा समावेश गर्न, न्यायलय तथा संवैधानिक निकायप्रति सम्मान कायम राख्न र वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रिय संवाद संयन्त्र सक्रिय बनाउन राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका छन् ।

 राष्ट्रपतिलाई ध्यानाकर्षण पत्र बुझाउन जाने प्रतिनिधिमण्डलमा महासङ्घ सल्लाहकार डा. अर्जुन कार्की, शान्तलाल मुल्मी, सलोनी सिंह, निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, उपाध्यक्ष राजेन्द्र शर्मा, महासचिव  देवी खड्का, उपमहासचिव  किरण थापा र सचिव जजराज शाही लगायतको सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?