+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
८५ बलमा ८२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
49/0 (5.5)
Shares

नागरिक समाजसँग प्रधानमन्त्रीले भनिन्– निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदैछौं

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १६:५४

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचन सम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी दिएकी छन् ।

उनले सोमबार नागरिक समाजका नेताहरू छलफल गरेकी छन् । जसलाई सम्बोधन गर्दै उनले युवाहरूको असन्तुष्टि सम्बोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको जानकारी दिएकी हुन् ।

उनले भनेकी छन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा युवा सहभागिता बढाउनका लागि हामी निर्वाचन सम्बन्धी अध्यादेश र अन्य उपायमार्फत संरचनात्मक सुधारका कदमहरू चाल्दै छौं। यसबाट उनीहरूको असन्तुष्टिको राजनीतिक सम्बोधन हुनेछ।’

जेनजी आन्दोलन गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो भन्नेमा आफूहरू प्रष्ट रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् ।

‘जेनजी आन्दोलनलाई हामीले केवल कानुन व्यवस्थाको विषय मात्र मानेका छैनौं । यो व्यवस्थाप्रतिको गहिरो राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हो, जसको कारण कतिपय युवा पुस्ता नयाँ व्यवस्थाको भाष्यतर्फ आकर्षित भइरहेको जोखिम हामीले देखेका छौं,’ उनले भनिन् । यसकारण अध्यादेश ल्याउने तयारी गरेको उनले प्रष्टीकरण दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?