News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकेको छ र थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गरिएको छ।
- अमेरिकी मध्यस्थतामा इजरायल र हमासबीच युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई उल्लङ्घन गरेको आरोप लगाएका छन्।
- हमासले जीवित बन्धकहरूलाई रिहा गरेको छ र मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया जारी छ भने इजरायलले पनि प्यालेस्टिनी कैदीहरू रिहा गरेको छ।
१८ मङ्सिर, जेरुसेलम । इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ ।
सेनाका अनुसार बिहीबार एक जना थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि अवशेषहरू पहिचान गरिएको छ ।
हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।
हमासले इजरायलसँगको युद्धविराम सम्झौताको एक सर्तको रूपमा गाजामा राखेका जीवित बन्धकहरूलाई रिहा गरेता पनि मृतक बन्दीहरूको अवशेष फिर्ता गर्ने प्रक्रिया भने अझै चलिरहेको जनाइएको छ ।
“पहिचान प्रक्रियाको अन्तरगत आईडीएफका प्रतिनिधिहरूले विदेश मन्त्रालयसँग मिलेर थाई नागरिकको शव पहिचान गरी परिवारलाई अन्तिम सस्कारका लागि फिर्ता गरिएको सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ ।
कृषिमा काम गर्ने सुदथिसाक रिन्थालक सन् २०२३ अक्टोबर–७ मा मारिएको र शव गाजा पट्टीमा लगेर राखिएको सेनाले जनाएको छ ।
वासिङ्टनले मध्यस्थता गरेको सम्झौताको पहिलो चरण अन्तर्गत प्यालेस्टिनी लडाकुहरूले अन्तिम २० जना जीवित बन्धकहरूलाई हस्तान्तरण गरिसकेको र २८ जना मृतक मध्ये अहिलेसम्म २७ जनाको अवशेष पहिचान गरि बुझाईसकेको जनाइएको छ ।
इजएली सेनाका अनुसार सुम्पिने अन्तिम मृत बन्धक इजरायली नागरिक रहेको पहिचान भएको छ ।
बदलामा, इजरायलले आफ्नो हिरासतमा रहेका लगभग दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ भने सयौं मृत प्यालेस्टिनीहरूको शव फिर्ता गरेको छ ।
प्रतिक्रिया 4