+
+
WC Series
Nepal
97/3 (12.6)
VS
Qatar
0/0
Shares

हमासले दुई जनाको शव रेडक्रसलाई बुझायो : इजरायली सेना

नेपालका विपिन जोशीसहित ४ जनामध्ये २ जनाको शव रेडक्रस प्रतिनिधिले प्राप्त गरेको इजरायली सेना (आईडीएफ) ले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते २१:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हमासले गाजामा रहेका दुई मृत बन्धकको शव अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी)लाई बुझाएको छ।
  • इजरायली सेना (आईडीएफ) ले भनेको छ, 'हमासले दुई जनाको शव रहेको कफिन रेड क्रसलाई बुझाएको छ' र ती शवहरू आईडीएफ र शिन बेट टोलीतर्फ ल्याइँदैछ।
  • हामीले नेपाली विद्यार्थी विपिन जोशीसहित चार बन्धकको शव फिर्ता गरिने र ती व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छ।

२७ असोज, काठमाडौं । हमासले गाजामा रहेका दुई मृत बन्धकको शव अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी)लाई बुझाएको छ ।

नेपालका विपिन जोशीसहित ४ जनामध्ये २ जनाको शव रेडक्रस प्रतिनिधिले प्राप्त गरेको इजरायली सेना (आईडीएफ) ले जनाएको छ ।

आईडीएफ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हमासले दुई जनाको शव रहेको कफिन रेड क्रसलाई बुझाएको छ, र ती शवहरू अहिले गाजामा रहेका आईडीएफ र र शिन बेटका टोली भएको स्थानतर्फ ल्याइँदैछ ।’

त्यसपछि थप दुई बन्धकका शव पनि रेड क्रसमार्फत इजरायललाई हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख छ ।

तर आईडीएफले ती शवको पहिचान भने खुलाएको छैन ।

यसअघि हमासको सैन्य विङले चार जना बन्धकका शव फिर्ता गरिने बताउँदै ती व्यक्तिहरूको नाम सार्वजनिक गरेको थियो ।\

जसमा नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायली नागरिकहरू योसी शाराबी, गाइ इलुज, र सैनिक ड्यानियल पेरेट्जको नाम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?