१० चैत, काठमाडौं । इजरायली रक्षा मन्त्री इजरायल काट्जले आफ्नो सेनाले लेबनानको ठूलो हिस्सा नियन्त्रणमा लिने घोषणा गरेका छन् । हिजबुल्लाहविरुद्ध अभियान चलाउन सहज होस् भनेर इजरायली सेनाले लेबनानको ठूलो भूमिमा कब्जा गर्न लागेको रक्षा मन्त्री काट्जले बताएका छन् ।
यसक्रममा इजरायली सेनाले लेबनानको लिटानी नदीसम्म(इजरायलको भूमिबाट ३० किलोमिटर दूरसम्म)को भूमिलाई आफ्नो सुरक्षा क्षेत्र बनाउने बताए ।
‘जबसम्म उत्तरी इजरायल सुरक्षित हुन्न, तबसम्म विस्थापित जनता आफ्नो घरमा फिर्ता जान सक्ने छैनन्,’ काट्जले भनेका छन् ।
यस्तै उनले हिजबुल्लाहको आवतजावत र हतियार ओसार–पसारमा प्रयोग हुने पाँच पुल ध्वस्त गरेको पनि बताए ।
इरान समर्थित प्रोक्सी समूह मानिने लेबनानको हिजबुल्लाहसँग इजरायलले लामो समयदेखि तनाव झेल्दैआएको छ । पछिल्लो समय हिजबुल्लाहले इरानमा रकेट प्रहार गरेपछि इजरायलले नयाँ घोषणा गरेको हो । –बीबीसीबाट
प्रतिक्रिया 4