१६ फागुन, काठमाडौं । इजरायले इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गरिएको दाबी गरेको छ ।
इजरायली सेनाले पश्चिमी इरानमा हवाई आक्रमण गर्दा मिसाइल प्रक्षेपकहरू समेत समेटेर सयौं इरानी सैन्य संरचनाहरूमा प्रहार गरेको दाबी गरेको हो ।
सेनाले आफ्नो वायुसेनाले इरानबाट आउन सक्ने प्रतिशोधी आक्रमणलाई अवरोध गर्न काम गरिरहेको पनि जनाएको छ ।
यसैबीच इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायलले एक विद्यालयमा गरेको आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।
दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4