+
+
Shares

जनकपुरधाममा चैती छठको रमझम (तस्वीरहरू)

चारदिने चैती छठ उत्सवको आज मुख्य दिन षष्ठी तिथिको साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ चैत १० गते १९:१९

१० चैत, जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । आज साँझ सूर्यको अर्घ दिइएको छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ दिएपछि चैती छठ विधिवत समापन हुने छ ।

चैती छठ हेर्न यतिबेला जनकपुरधामको गङ्गासागर, अर्गजा सागर लगायतको सरोवरमा उल्लेख्य मात्रामा श्रद्धालु भक्तजनको भिड लागेको छ ।

चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

चारदिनसम्म अत्यन्त निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ ।

आज सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दने गर्दछन् । अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।

ब्रतालुहरू जागरण बसि भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ ।

 

तस्वीर : शैलेन्द्र महतो/अनलाइनखबर

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?