+
+
Shares

काम खोज्दै ८ महिनामा विदेशिए सवा ५ लाख नेपाली

चालु आव २०८२/८३ साउनदेखि फागुन मसान्तसम्ममा ५ लाख २५ हजार ५ सय १३ जना वैदेशिक रोजगारीमा गएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ साउनदेखि फागुन मसान्तसम्म ५ लाख २५ हजार ५ सय १३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।
  • त्यसमा ४ लाख ६२ हजार २ सय १७ पुरुष र ६३ हजार २ सय ९६ महिला छन्।
  • फागुनमा मात्रै ५२ हजार ९ सय ४३ जनाले श्रम स्वीकृति लिएका थिए र ३ सय ५४ जनाले कागजविहीनबाट वैधानिकीकरण भएका छन्।

१० चैत, काठमाडौं । चालु आर्थिक वर्ष ८ महिनामा ५ लाख २५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

चालु आव २०८२/८३ साउनदेखि फागुन मसान्तसम्ममा ५ लाख २५ हजार ५ सय १३ जना वैदेशिक रोजगारीमा गएका हुन् । जसमा ४ लाख ६२ हजार २ सय १७ पुरुष र ६३ हजार २ सय ९६ महिला छन् । फागुनमा मात्रै ५२ हजार ९ सय ४३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

त्यसरी श्रम स्वीकृति लिनेमा ८१ हजार ९ सय ५८ जनाले व्यक्तिगत श्रम स्वीकृति, १ लाख ८५ हजार २ सय २० जनाले संस्थागत (म्यानपावर) मार्फत श्रम स्वीकृति, २ लाख ५१ हजार ९ सय ८३ जनाले पुन: श्रम स्वीकृति लिएका हुन् ।

त्यस्तै ५ हजार ९ सय ९८ जना जीटुजी मार्फत दक्षिण कोरिया र इजरायल गएका छन् भने कागजविहीन रहेर विभिन्न देशमा काम गर्दै आएका ३ सय ५४ जनाले वैधानिकीकरण भएका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?