+
+
Shares

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली खाडीमा पक्राउ 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी मुलुकमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाडी मुलुकमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ७ नेपाली पक्राउ परेका छन्।
  • इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गरेपछि फोटो र भिडियो खिच्न र पोस्ट गर्न रोक लगाइएको छ।
  • यूएई सरकारले दोषी ठहरिएमा एक वर्षसम्म कैद र एक लाख दिराम जरिबाना हुने व्यवस्था गरेको छ।

६ चैत, काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् ।

इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएईमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताए । उनका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन् ।

परराष्ट्र मन्त्रालयले फोटो, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ ।

यूईएले यसअघि नै इरानको आक्रमणसँगै त्यस्ता खालका फोटो तथा भिडियो पोस्ट नगर्न अनुरोध गरेको थियो । तर, त्यसको अवज्ञा गर्दै कतिपय नेपालीले फोटो तथा भिडियो खिच्ने र पोस्ट गर्ने गरेको थियो ।

सरकारका कडा निर्देशन अवज्ञा गरेको पाइएपछि यूएईको महान्यायाधिवक्ता कार्यालयले पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो । सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

यूएईमा त्यसरी पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै दोषी ठहरिएको खण्डमा एक वर्षसम्म कैद र कैद भुक्तान भएपछि डिपोर्ट गरिदिने प्रावधान छ । त्यसका साथै १ लाख यूएई दिरामसम्म जरिबाना गरिने प्रावधान छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?