+
+
Shares

कतारमा इरानी आक्रमणले प्रविधि जगतमाथि संकट, हिलियमले यसरी हल्लाउँदैछ संसार

हिलियमको उत्पादनमा परेको असर विश्वका अस्पतालहरूमा पनि असर पर्नेछ । यसले एमआरआई मेसिन बन्द हुन सक्नेछन् भने स्क्यान महँगो बन्ने र स्वास्थ्य प्रणालीमा दबाब बढ्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले कतारको रास लफान इन्डस्ट्रियल सिटीमा मिसाइल र ड्रोन आक्रमण गरी विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास उत्पादन केन्द्रमा क्षति पुर्‍याएको छ।
  • कतारको एलएनजी उत्पादन क्षमता करिब १७ प्रतिशत भाग नष्ट भएको छ र पुनःस्थापना गर्न ३ देखि ५ वर्ष लाग्न सक्छ।
  • हिलियम ग्यासको आपूर्ति अवरुद्ध हुँदा विश्व प्रविधि उद्योग र स्वास्थ्य क्षेत्रमा असर पर्नेछ र एमआरआई मेसिन बन्द हुन सक्ने सम्भावना छ।

मध्यपूर्वमा जारी द्वन्द्वले अब विश्व अर्थतन्त्रमै गम्भीर झट्का दिन थालेको छ । अमेरिका र इजरायलको बमबारी भोगिरहेको इरानले छिमेकी मुलुक कतारको रास लफान इन्डस्ट्रियल सिटीमा गरेको मिसाइल र ड्रोन आक्रमणबाट केवल विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास उत्पादन केन्द्रमा क्षति पुर्‍याएको छ ।

यति मात्रै होइन यसले एउटा यस्तो श्रृंखलाबद्ध असर सुरु गरेको छ जसको प्रभाव वैश्विक प्रविधिदेखि स्वास्थ्य क्षेत्रसम्म देखिन थालेको छ ।

समाचार अनुसार इरानको उक्त आक्रमणले कतारको तरलीकृत प्राकृतिक ग्यास अर्थात् एलएनजी उत्पादन क्षमताको करिब १७ प्रतिशत भाग नष्ट गरेको छ । त्यसलाई पुनःस्थापना गर्न ३ देखि ५ वर्ष लाग्न सक्छ । उक्त ग्यास प्लान्टलाई विश्व ऊर्जा आपूर्ति प्रणालीको महत्वपूर्ण आधार मानिन्छ ।

यो हमला अचानक भएको होइन । यसअघि इजरायलले इरानको साउथ पार्स ग्यास फिल्डमा गरेको आक्रमणको जवाफस्वरूप इरानले खाडी क्षेत्रका ऊर्जा संरचनाहरूलाई निशाना बनाएको हो ।

हिलियम संकट : एउटा अदृश्य विपद्

समाचार अनुसार कतारमा इरानले गरेको उक्त आक्रमणबाट सबैभन्दा गम्भीर असर चाहि हिलियम ग्यासमा परेको छ । यद्यपि त्यसको चर्चा कम भइरहेको छ । तथ्यांक अनुसार कतारले विश्वको करिब एक तिहाइ हिलियम आपूर्ति गर्छ । तर रास लफानमा प्राकृतिक ग्यास उत्पादन बन्द भएसँगै हिलियम उत्पादन पनि रोकिएको छ । यसले मूल्य तीव्र रूपमा बढ्यो र आपूर्ति श्रृंखला प्रभावित भयो ।

हिलियम ग्यास केवल बेलुनका लागि मात्र चाहिने चिज होइन । यो आधुनिक विश्वको मेरुदण्ड जस्तै हो । सेमीकन्डक्टर (चिप) उद्योग, एमआरआई मेसिन, अन्तरिक्ष तथा रकेट प्रविधिसम्ममा यसको प्रयोग हुन्छ।

अर्को गम्भीर कुरा त के भने यो ग्यासको अर्को कुनै सस्तो विकल्प उपलब्ध छैन ।

कतारमा भएको सो आक्रमणले विश्व प्रविधि उद्योगमा प्रत्यक्ष असर पार्ने देखिएको छ । दक्षिण कोरियाका सामसुङ इलेक्ट्रोनिक्स तथा एसके हाइनिक्स तथा ताइवानको टिएसएमसी लगायतका विश्वका ठूला चिप उद्योगहरू अहिले दबाबमा छन् ।

यी सबै कम्पनीहरू हीलियममा निर्भर छन् । त्यसैले आगामी केही महिनासम्म हिलियमको आपूर्ति अवरुद्ध रह्यो भने स्मार्टफोन, ल्यापटप तथा एआई चिप्सको उत्पादनमा असर पर्ने र सबैको मूल्य बढ्ने निश्चित छ ।

हिलियमको उत्पादनमा परेको असर विश्वका अस्पतालहरूमा पनि असर पर्नेछ । यसले एमआरआई मेसिन बन्द हुन सक्नेछन् भने स्क्यान महँगो बन्ने र स्वास्थ्य प्रणालीमा दबाब बढ्नेछ ।

त्यसैले यदि सो ग्यासको आपूर्ति लामो समयसम्म अवरुद्ध भएमा बेलुन जस्ता कम आवश्यक भएका क्षेत्रमा ग्यासको आपूर्ति रोकेर अस्पताल लगायतका अत्यावश्यकीय क्षेत्रमा आपूर्ति गर्नुपर्नेछ ।

मध्यपूर्वमा भएको यो घटना केवल सैन्य आक्रमण मात्र नभई आधुनिक विश्वको कमजोर आपूर्ति प्रणाली उजागर गर्ने घटना बनेको छ । एउटा ग्यास प्लान्टमा भएको हमलाले विश्वको प्रविधि, स्वास्थ्य सेवा र अर्थतन्त्रलाई लाइफ सपोर्टमा धकेल्नुले विश्व अर्थतन्त्र तथा आपूर्ति प्रणाली निकै कमजोर र संवेदनशील रहेको देखाएको विज्ञहरुले बताएका छन्।

एजेन्सी

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?