+
+
Shares

इरानसँगको युद्धमा एक्लिए ट्रम्प : नेटो देशहरूले भने- यो हाम्रो लडाइँ होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १७:११
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले होर्मुज स्ट्रेटबाट तेल आपूर्ति रोकिदिएपछि विश्व अर्थतन्त्रमा असर परेको छ र ट्रम्पले नेटो देशहरूलाई बाटो खुलाउन अपिल गरिरहेका छन्।
  • जर्मनी, बेलायत, इटाली र अन्य युरोपेली देशहरूले होर्मुज स्ट्रेटमा सैन्य कारबाहीमा नलिन र कूटनीतिक समाधान खोज्नुपर्ने बताएका छन्।
  • इजरायलले इरानमा तीन सातासम्मको युद्ध योजना तयार पारेको र इरानले अमेरिकी सेनालाई जमिनमा ओर्लिए परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।

३ चैत, काठमाडौं । इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरू मारिएपछि अमेरिकालाई यो युद्ध ठूलो सफलता जस्तो लागेको थियो। तर १७ दिनपछि अवस्था बदलिएको छ र युद्धको कुनै स्पष्ट अन्त्य देखिएको छैन।

इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकिदिएको छ । यसले विश्वको अर्थतन्त्रमा ठूलो चोट पुर्‍याएको छ। ट्रम्पले अहिले आफ्ना सहयोगी नेटो देशहरूसँग होर्मुजको बाटो खुलाउन अपिल गरिरहेका छन्।

यद्यपि यी देशहरूले होर्मुज स्ट्रेटमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो देशहरूले यो महत्त्वपूर्ण समुद्री बाटो पुनः खुलाउन मद्दत नगरे नेटोको भविष्य नै खराब हुन सक्ने चेतावनी दिएकै बेला यो निर्णय आएको हो।

जर्मनीको भनाइ: यो युरोपको युद्ध होइन

‘द गार्डियन’ को रिपोर्टअनुसार जर्मनीले कुनै पनि सैन्य कारबाहीमा भाग नलिने प्रस्ट पारेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले यस विषयमा कहिल्यै कुनै निर्णय नभएकोले जर्मनीको सैन्य योगदानको प्रश्न नै नउठ्ने बताए।

इरानको वर्तमान सरकार अन्त्य हुनुपर्ने भए पनि बमबारी गरेर उसलाई झुकाउन खोज्नु सही तरिका नभएको उनले बताए।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि अमेरिकामाथि प्रश्न उठाए। उनले भने, ‘यो युरोपको युद्ध होइन र अमेरिकी नौसेना आफैँ यति शक्तिशाली हुँदा केही युरोपेली जहाजले के नै गर्न सक्छन् र ?’

बेलायतले के भन्यो ?

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो देश यो ठूलो युद्धमा नफस्ने बताए। तेल बजारलाई स्थिर राख्न होर्मुज स्ट्रेट पुनः खुलाउनु आवश्यक रहेको तर यो सजिलो काम नभएको उनले स्वीकार गरे। कुनै पनि कदम धेरैभन्दा धेरै देशहरूको सहमतिमा मात्रै उठाइने पनि उनले बताए।

युरोपेली देशहरूले सैन्य कारबाहीको सट्टा कूटनीतिमा जोड दिएका छन्। होर्मुज स्ट्रेट निकै महत्त्वपूर्ण छ किनभने यहाँबाट विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुन्छ, जुन हाल इरानका कारण प्रभावित भइरहेको छ।

युद्धबाट होइन, वार्ताबाट समाधान निस्कियोस् : इटाली

इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले यस संकटको समाधान वार्ताबाटै निस्कनुपर्ने र आफ्नो देश कुनै पनि नौसैनिक मिसन बढाउने पक्षमा नरहेको बताए।

युरोपेली युनियनका हालका मिसनहरू समुद्री डकैती रोक्न र रक्षाका लागि मात्र रहेको भन्दै उनले तिनलाई युद्धमा बदल्न नसकिने प्रस्ट पारे। अष्ट्रेलिया, फ्रान्स र जापानले पनि आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारिसकेका छन्।

ईयूले गर्‍यो ट्रम्पको अपिल अस्वीकार

ट्रम्पले लगातार आफ्ना सहयोगीहरूमाथि दबाब बनाइरहेका छन्। उनले भनेका छन्, ‘जुन देशहरूले यो समुद्री बाटोबाट फाइदा लिन्छन्, उनीहरूले यसको सुरक्षामा पनि हिस्सा लिनुपर्छ।’

ट्रम्पले विशेषगरी बेलायतप्रति असन्तुष्टि जनाएका छन्, यद्यपि ऊ यसमा सहभागी हुनेमा उनी आशावादी छन्।

युरोपेली युनियनका विदेशमन्त्रीहरूले पनि आफ्नो रेड सी मिसनलाई होर्मुजसम्म विस्तार गर्न अस्वीकार गरेका छन्। युरोपेली युनियनकी विदेश नीति प्रमुख काजा कलासले हाल मिसनको दायरा बढाउने कुनै इच्छा नदेखिएको बताइन्।

युरोपेली देशहरू अमेरिका र इजरायलको युद्धको उद्देश्यबारे पनि स्पष्टता चाहन्छन्। एस्टोनियाका विदेशमन्त्रीले ट्रम्पको रणनीति के हो र अगाडिको योजना के हुनेछ भन्ने बुझ्न आवश्यक रहेको बताए।

इजरायलको दाबी: ३ साताका लागि युद्धको योजना तयार

यसैबीच इजरायलले इरानका तेहरान, शिराज र तब्रिज जस्ता कैयौं सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ। इजरायलले इरानका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसँग जोडिएको एउटा विमान पनि नष्ट गरेको दाबी गरेको छ।

इजरायली सेनाले आगामी ३ सातासम्म इरानसँग लड्नका लागि आफ्नो योजना तयार रहेको जनाएको छ। सेनाका प्रवक्ता नादभ शोसानीले सोमबार भनेका छन्, ‘सेनाले त्योभन्दा पछिको समयका लागि पनि छुट्टै योजनाहरू बनाएर राखेको छ।’

इजरायली सेनाका अनुसार यस अभियानको उद्देश्य सीमित छ। उनीहरू इरानको त्यो क्षमतालाई कमजोर पार्न चाहन्छन् जसले इजरायलका लागि खतरा पैदा गर्न सक्छ। यसअन्तर्गत इरानको ब्यालिस्टिक मिसाइल संरचना, आणविक केन्द्रहरू र सुरक्षा संयन्त्रलाई निशाना बनाइँदैछ।

इजरायली सेनाले इरानभित्र अझै पनि निशाना बनाउन सकिने हजारौं यस्ता स्थानहरू रहेको बताएको छ। यद्यपि, गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अब ‘निशाना बनाउनका लागि लगभग केही पनि बाँकी नरहेको’ बताएका थिए।

इरानको चेतावनी: अमेरिकी सेना आए परिणाम भोग्नुपर्नेछ

इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशले युद्ध नचाहेको तर यदि युद्ध सकिन्छ भने त्यो यसरी सकिनुपर्छ कि दुश्मनले फेरि आक्रमण गर्ने हिम्मत नगरोस् भनेका छन्।

इरानका एक वरिष्ठ अधिकारीले अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, ‘यदि अमेरिकी सेना जमिनमा ओर्लियो भने उसले भियतनाम जस्तै परिणाम भोग्नुपर्ने हुन सक्छ।’

अमेरिकाले यस युद्धमा आफ्ना करिब २०० सैनिक घाइते भएको र जसमध्ये धेरैजसो ड्युटीमा फर्किसकेको बताएको छ भने १३ सैनिकको मृत्यु भइसकेको छ। एक रिपोर्टअनुसार इरानमा हालसम्म १,८०० भन्दा बढी मानिस मारिएका छन्, जसमा ठूलो संख्यामा सर्वसाधारण रहेका छन्।

लेबनानमा इजरायलको स्थलगत आक्रमण

इजरायलले लेबनानको दक्षिणी भागमा स्थलगत कारबाही पनि बढाएको छ, जहाँ हिजबुल्लाहविरुद्ध अभियान चलिरहेको छ। यस द्वन्द्वमा लेबनानमा हालसम्म १०० भन्दा बढी बालबालिकासहित ८५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

जर्मनीले लेबनानमा स्थलगत आक्रमण गर्नु गल्ती हुने र यसले त्यहाँको मानवीय अवस्थालाई अझ खराब बनाउने भन्दै इजरायललाई चेतावनी दिएको छ।

(एजेन्सीहरूको सहयोगमा)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?