+
+
Shares

कविता : जब समय फर्कन्छ

मीनबहादुर विस्ट मीनबहादुर विस्ट
२०८२ फागुन ३० गते १२:०१

मुर्दा घडीहरू, अब त चल्न सुरु गर —

धेरै अबेरसम्म तिमीहरू निदाइरहयौ

यो घरका हाडखोरहरू भित्र।

बिहानलाइ हाजिर हुन देऊ,

प्रकाशको धार बनेर

झ्यालका ती चरहरुबाट –

भित्र पसेर चिमोट तिनीहरुलाई

जसले सूर्यको उज्यालो बिर्सिसकेका छन्।

जलेर देखाऊ, हे धैर्यवान आकाश,

सम्झनामा पनि आउन छोडेका

दिनहरूको पुरानो साक्षी,

जबसम्म यी थाकेका आँखाहरूले

ब्युँझिन सम्झिँदैनन्।

धेरै समय भयो –

घडीहरू चुपचाप चलिरहेको,

मानौ तिनका सुइहरू

हावाको एउटा घाउ वरिपरि

फन्को मारिरहेका छन् ।

अब एक नया सुरुआत गर—

नम्रतापूर्वक होइन,

तर सत्यको त्यो कठोर चमकका साथ।

हिजोका धुलोहरूलाई उड्न देऊ

र हावामा छरपस्ट हुन देऊ,

ताकि हृदयले सुन्न सकोस्

खुद आफ्नै मन्द ढुकढुकी।

अनि यदि कुनै छाया बाँकी रह्यो भने—

उपचारले पनि निको हुन नसकेको

कुनै मधुरो, पुरानो पीडा जस्तो —

समयले त्यसलाई,

दिनको लामो अनुहारमा लागेको

एउटा उज्यालो दागझैँ

नि:शब्द-

बोकेर अघि बढोस्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?