+
+
Shares

‘काठमाडौं पिंककेयरथन २०२६’ को तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १७:३७

२८ फागुन, काठमाडौं । लेजरपोर्ट नेपालको आयोजनामा काठमाडौं पिंककेयरथन यही फागुन ३० गते जावलाखेल फुटबल ग्राउण्डमा आयोजना हुने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।

आयोजकका अनुसार महिलाहरूलाई स्वास्थ्य र जीवनशैलीप्रति सचेत बनाउन तथा फिटनेसप्रति प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बिहान ६ बजेदेखि जुम्बा सत्रबाट कार्यक्रम सुरु हुनेछ । त्यसपछि म्याराथन प्रतियोगिता सञ्चालन गरिनेछ । आयोजक लेजरपोर्ट नेपालका अध्यक्ष नमराज जोशिका अनुसार प्रतियोगितामा २१.१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटर दौड साथै ५ किलोमिटर र ३ किलोमिटर फन रन समावेश गरिएको छ ।

यस वर्ष ओलम्पियन धाविका सन्तोषी श्रेष्ठ २१ किलोमिटर हाफ म्याराथनमा सहभागी हुनेभएकी छिन् । साथै अन्य व्यावसायिक धावकहरू पनि प्रतियोगितामा सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।

हाफ म्याराथनतर्फका विजेताहरूलाई क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने १० किलोमिटर दौडका विजेताहरूलाई ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

अन्य विभिन्न विधामा पनि नगदसहित पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा मुम्बईबाट आएका गायक जनिष्ट जोशि सांगीतिक प्रस्तुति दिनेछन् ।

अध्यक्ष नमराज जोशिका अनुसार सन् २०१७ देखि सञ्चालन हुँदै आएको यस कार्यक्रममा यस वर्ष करिब १ हजार ५०० भन्दा बढी सहभागी रहने अपेक्षा गरिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?