+
+
Shares

कविता-असुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १०:२२

सबैभन्दा पहिला मेरो गम्भीर प्रश्न
म संसारको कुन क्षेत्रमा,सुरक्षित हुन सक्छु ?

मलाई थाहा छ म सुरक्षित छैन्
म सुरक्षित छैन आफ्नै घरमा
जहाँ आफ्नै बाउबाट घृणित नजरको
सिकार बन्नुपरेको छ

म जसो गरेपनि सुरक्षित छैन्
मलाई सफरमा एक्लै यात्रा गर्नु हुन्न
किनकि त्यहाँ
मेरो काका उमेरका,
मेरो दाइ उमेरका,
मेरो भाइ उमेरका,
मेरा छिमेकी,
मान्छे नामक राक्षसहरुले
गिद्दे नजर लगाइरहन्छन्

म छोरी हुँ
म बुहारी हुँ
म ममता हुँ
म श्रीमती हुँ
म दिदी हुँ
म बहिनी हुँ
म प्रेमिका हुँ

मलाई देख्नेहरुले
मलाई भेटाउनेहरुले
मेरो जवानी बाहेक केही देखेनन्
बरु लालायित भए,केवल मेरो जवानी देखेर

होस्टेल पढ्दै गरेकी छोरी सुरक्षित भइनन्
स्याउला ल्याउन जंगल पसेकी
बुहारी फर्केर घर आउन पाइनन्
प्रेमको नाउमा आफ्नै,
प्रेमिकालाई पटकपटक क्रूर भएर
हैकम जमाइरह्यो एक प्रेमिले !

तिमी तिम्रो आवेगलाई रोक्न सक्दैनौं भने
काटेर फालिदेउ तिम्रो लिङ्ग !
मानवताको नाउमा,
तिम्रो कुनै मूल्य नै छैन् यहाँ

जिन्दगीमाथि हस्तक्षेप गरेर
अस्तित्वमाथि खेल खेलेर
इच्छाविपरीत एक हुल मान्छे नामक
अपराधीहरुले मलाई लुटेर
क्रूरतापूर्ण हत्या गरेर खुसीको साथ भागेका छन्

म मौमिता हुँ
म इनिशा हुँ
म निर्मला हुँ !
मेरो जिन्दगीलाई
जिउँदै आहुती दिएर
कुन कुनामा सुरक्षित भएर बसेका होलान् ?
मेरो तेह्र वर्षीय अस्तित्वलाई
उखुबारीमा विवश र निर्मम रुपमा फालेर गएकाहरू !

र अन्तमा:
म जस्तै मौमिताहरू !
म जस्तै निर्मलाहरू !
म जस्तै इनिशाहरू
म जस्तै सम्झनाहरू
यति भयानक पर्खालको सामना गर्न नपरोस्

मानवको खोल ओडेर
जिन्दगीलाई समापन पार्नेहरूको फेला नपरून्
कोही नारीहरू !
मौमिता,निर्मला,सम्झनाहरूले जस्तैः
यति ठूला र भयानक नरसंहारको
चपेटामा नपरून् कोही नारीहरू !

तर,
म बाँचेकी नारी हुँ !
म पटकपटक
म आफू असुरक्षित भएको
महसुस गरिरहेछु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?