+
+
Shares

इरानका विदेशमन्त्रीको दाबी- सर्वोच्च नेता खामेनी स्वस्थ छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १८:१५

१ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले नवनियुक्त सर्वोच्च नेता मोजतबा खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी गराएका छन् ।

कतारको दोहामाअल अरबी अल जदिदसँगको अन्तर्वार्ताका क्रममा उनले खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको र उनले देशको परिस्थितिलाई पूर्ण रुपमा नियन्त्रणमा राखेको दाबी गरेका हुन् ।

‘हाम्रो नेता स्वस्थ हुनुहुन्छ र उहाँले परिस्थितिलाई दृढताका साथ सम्हाल्नुभएको छ,’ विदेशमन्त्री अरागचीले अन्तर्वार्ताका क्रममा भनेका छन्  ।

अयातोल्लाह अली खामेनीको मृत्युपछि मोजतबा खामेनीले पदभार ग्रहण गरेका थिए । पछिल्लो समय उनीमाथि भइरहेका विभिन्न अड्कलबाजीहरूको खण्डन गर्दै उनले आधिकारिक रुपमा स्पष्टीकरण दिएका हुन् ।

विदेशमन्त्री अरागचीले इरानको आन्तरिक अवस्था स्थिर रहेको पनि बताएका छन् । सरकारी निकाय वा सेनाभित्र कुनै पनि किसिमको विभाजन नरहेको उनको भनाइ थियो ।

‘इरानमा अवस्था सामान्य छ, हाम्रा राजकीय संस्थाहरू र सैन्य संरचनाहरू एकढिक्का भएर काम गरिरहेका छन्,’ उनले भनेका छन् ।

इरान र इजरायल–अमेरिबीच जारी तनाव तेस्रो हप्तामा प्रवेश गरेको छ ।

इजरायलले इरानका रणनीतिक तेल पूर्वाधारहरूमा आक्रमण तीव्र पारिरहेको छ भने तेहरानले आफ्नो नेतृत्व बलियो रहेको सन्देश दिन खोजेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?