+
+
Shares

मोबाइलमा झुन्डिरहने बच्चालाई पुस्तक पढ्न बानी लगाउने ५ तरिका

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिकाको प्राथमिकता अनुसार आकर्षक पुस्तक उपलब्ध गराएर र निश्चित समय छुट्याएर पढ्ने बानी बसाउन सकिन्छ।

आजको डिजिटल दुनियाँमा बालबालिकालाई पुस्तक पढने बानी बसाउनु निकै चुनौतीपूर्ण छ । शिक्षक र अभिभावकको दवावका कारण स्कुले किताब जेनतेन पढे पनि अन्य किताबप्रति अचेलका बालबालिकाको कत्ति पनि रूचि देखिँदैन । अलकति समय मिल्नेबित्तिकै बालबालिकाहरू प्रायः मोबाइल फोन वा कुनै डिजिटल डिभाइसमा डुबेका हुन्छन् ।

प्रायगरी बालबालिकाहरू अतिरिक्त पुस्तक पढ्ने कुरा सुन्न पनि चाहँदैनन् । उनीहरूलाई पुस्तक पढ्न आग्रह गरियो भने रिसाउने, झर्कने र रुने जस्ता हर्कत देखाउन थाल्छन् । यो अहिले अधिकांश अभिभावकको समस्या हो ।

बालबालिकालाई कसरी पुस्तक पढ्ने बानी लगाउने ?

१. बालबालिकाका लागि आफू स्वय‌ं आदर्श बन्ने

बालबालिकाहरू जे देख्छन्, त्यही गर्छन् । अझ आफ्ना अभिभावकले गरेको कुरा अनुसरण गर्ने रुचि उनीहरूमा धेरै हुन्छ । पुस्तक पढ भनेर करकर मात्रै गर्नुभन्दा उसका अगाडि हामी आफैँ पुस्तक लिएर पढ्न थाल्यौँ भने बालबालिकाहरूमा पनि पढ्ने रुचि बढ्न सक्छ ।

यदि हामी आफैँ फोन वा टिभीमा मात्रै झुण्डिएर बस्छौँ भने बालबालिकालाई ‘पढ’ भनेर कर गर्दा उनीहरू रुष्ट हुन्छन् । बच्चा पनि मोबाइल, टिभी वा डिजिटल डिभाइसमै झुण्डिन रुचाउँछन् ।

यदि आफ्ना बच्चाले किताबहरू पढुन् भन्ने चाहना राख्छौँ भने पहिले हामी आफैंमा त्यो बानीको विकास गर्नुपर्छ ।

२.दबाब दिएर भन्दा रुचि जगाएर पढ्न लगाउने

प्रत्येक अभिभावकले बुझ्नुपर्छ कि, उनीहरूले आफ्ना बच्चालाई किताब पढ्न दबाब दिनु हुँदैन । बच्चाको पहुँचमा हुने गरी आकर्षक शीर्षक तथा चित्रहरू भएका किताब राखिदिनुपर्छ । यसो हुँदा उनीहरूलाई पुस्तकप्रति चाख लाग्छ । बिस्तारै त्यसमा रुचि र चासो बढ्दै जाँदा पढ्ने बानी लाग्छ । सुरुमा, उनीहरूले नपढे पनि तस्बिरहरू मात्रै पनि हेर्ने बानी लगाउनुपर्छ ।

३. सुत्नुअघि कथा भन्दै किताबसँग जोड्ने

आजकल, सुत्नुअघि कथाहरू भन्ने चलन बिस्तारै हराउँदै गइरहेको छ । यो बच्चाहरूलाई किताबहरूसँग जोड्ने एक राम्रो तरिका हो । जब तपाईं कथा सुनाउनुहुन्छ । बच्चाको दिमागमा एक काल्पनिक संसार सिर्जना हुन्छ । सुत्दा भनेकै कथाहरू भएका पुस्तक ल्याइदिनुहोस् । त्यसमा मुखले भनेको भन्दा पनि राम्रोसँग कथाको प्रस्तुती हुनु सक्छ । यसले बच्चालाई किताबप्रति रूचि जगाउँछ । कथाप्रति रुचि भएपछि बालबालिकाहरू आफैँ पढ्न थाल्छन् ।

४. बालबालिकाको प्राथमिकतामा पुस्तक छनोट गर्ने

सुरुमा, आफ्नो बच्चालाई शैक्षिक पुस्तकहरू नदिनुहोस् । यदि उसलाई डायनासोर मनपर्छ भने, उसलाई डायनासोरहरू भएको कमिक्स ल्याइदिनुहोस् । यदि उसलाई परीहरू वा सुपरहिरोहरू मनपर्छ भने उसलाई तिनीहरूको बारेमा लेखिएका पुस्तक ल्याइदिनुहोस् ।

यदि खेलकुद वा कथा, चित्रकला आदि बारे बच्चालाई रुचि छ भने त्यही अनुसारका पुस्तकको व्यवस्था गरिदिनुपर्छ । आफ्नो प्राथमिकतामा नभई बालबालिकालाई नै पुस्तक पसलमा लगेर उनीहरूको छनोटअनुसार पुस्तक किन्दा राम्रो हुन्छ । यसो गर्दा बच्चामा उक्त पुस्तप्रति अपनत्वको महसुस हुन्छ र त्यो पढ्न रूचि लाग्छ ।

उनीहरूले पढ्नमा रमाइलो गर्न थाल्छन्, बिस्तारै अन्य पुस्तकहरू पनि पढ्न थाल्नेछन्।

५.निश्चित समय छुट्याउने

सम्भव भए हरेक दिन नभए सातामा केही दिन निश्चित समय पुस्तक पढ्नकै लागि छुट्याउन सकिन्छ । यसो हुँदा त्यो समयमा पुस्तक पढ्ने बाहेक अरू कुरा गर्न पाइँदैन भन्ने कुरा बच्चाको दिमागमा बस्छ । सुरु सुरुमा मन नलागे पनि बिस्तारै पढ्ने बानीको विकास हुन्छ । निरन्तर पढ्न थालेपछि रुचि जाग्दै जान्छ । महिनौँ यसलाई रुटिनकै रूपमा अनुसरण गर्दै जाँदा पढ्ने बानी नै बस्छ ।

के पुस्तकमा आकर्षित गर्न मोबाइल फोन चलाउनै नदिने हो ?

होइन, अहिलेको समयमा मोबाइल फोनहरू पूर्णरूपमा चलाउन नदिनु गाह्रो छ र हटाउनु पनि हुँदैन । कतिबेला के गर्ने भनेर निश्चित नियम बनाउनुपर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?