+
+
Shares

नेतान्याहु हत्याको खबर केवल हल्ला भएको इजरायलको स्पष्टीकरण

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या भएको भनी सामाजिक सञ्जालमा फैलिएको हल्लालाई उहाँको कार्यालयले पूर्णतः निराधार र ‘फेक’ भएको बताएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या भएको हल्ला उनको कार्यालयले पूर्णतः निराधार र ‘फेक’ भएको बताएको छ।
  • नेतान्याहुको हातमा छ वटा औँला देखिएको भिडियो एआई निर्मित भएको दाबी फ्याक्ट-चेकले भ्रम मात्र भएको पुष्टि गरेको छ।
  • इरानको रिभोलुसनरी गार्ड्सले नेतान्याहुलाई ‘खोजेरै मार्ने’ चेतावनी दिएको र तनाव भयानक मोडमा पुगेको छ।

१ चैत , काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या भएको भनी सामाजिक सञ्जालमा फैलिएको हल्लालाई उनको कार्यालयले पूर्णतः निराधार र ‘फेक’ भएको बताएको छ।

टर्कीको समाचार एजेन्सी ‘अनादोलु’ सँग कुरा गर्दै प्रधानमन्त्री कार्यालयले नेतान्याहु सुरक्षित भएको जानकारी दिएको हो।

केही समयअघि सार्वजनिक भएको एक भिडियोमा नेतान्याहुको हातमा छ वटा औँला देखिएको र त्यो ‘एआई’ निर्मित भएको भन्दै उनको मृत्यु भइसकेको लख काटिएको थियो। तर, फ्याक्ट-चेकका क्रममा त्यो क्यामेराको कोण र छायाका कारण उत्पन्न भ्रम मात्र भएको पुष्टि भएको छ।

यसैगरी, नेतान्याहुका छोरा याइर नेतान्याहुले विगत पाँच दिनदेखि सामाजिक सञ्जालमा केही पोस्ट नगरेका कारण पनि यो शङ्का बढेको थियो। तर, इजरायली अधिकारीहरूले युद्धको समयमा सुरक्षाका कारण यस्तो भएको हुनसक्ने सङ्केत गरेका छन्।

अर्कातर्फ, इरानको रिभोलुसनरी गार्ड्सले आइतबार आफ्नो आधिकारिक वेबसाइट ‘सेपाह न्युज’ मार्फत नेतान्याहुलाई ‘खोजेरै मार्ने’ चेतावनी दिएको छ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युपछि युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा इजरायल र इरानबीचको तनावले अहिले भयानक मोड लिएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?