News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी ठेगानालाई निशाना बनाएर आक्रमण सुरु गरेको छ।
- इरानको सरकारी मिडियाले पछिल्लो आक्रमणलाई युद्धको सुरुवातपछिको सबैभन्दा भीषण र ठूलो आक्रमण भनेको छ।
- साउदी अरबले आफ्नो तेल भण्डारतर्फ बढिरहेका दुई ड्रोन खसालेको र बहराइनमा अमेरिकी नौसेनाको पाँचौं सैन्य समूहको मुख्यालय नजिक साइरन बजेको बताएको छ।
काठमाडौं । इरानले फेरि मध्यपूर्वमा रहेका इजरायल र अमेरिकी ठेगानालाई निशाना बनाएर आक्रमण सुरु गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार इरानको सरकारी मिडियाले पछिल्लो आक्रमणलाई युद्धको सुरुवातपछिको सबैभन्दा भीषण र सबैभन्दा ठूलो आक्रमण भनेको छ ।
इजरायलले इरानका तर्फबाट प्रहार गरिएको मिसाइलहरूको पहिचान गरेको बताएको छ । यद्यपि, पछि इजरायलले अब नागरिकका लागि सेल्टरबाट बाहिर निस्किनु सुरक्षित रहेको बताएको थियो ।
यसैबीच साउदी अरबले उसको एक तेल भण्डारतर्फ बढिरहेका दुई ड्रोन खसालेको बताएको छ ।
बहराइनमा पनि साइरन बजेको छ । त्यहाँ अमेरिकी नौसेनाको पाँचौं सैन्य समूहको मुख्यालय रहेको बीबीसीले जनाएको छ ।
अमेरिकी नौसेनाको पाँचौं सैन्य समूह मध्यपूर्वमा तनाव बढ्दा तुरुन्त सक्रिय हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4