+
+
Shares

इरानद्वारा इजरायलमाथि पुन: मिसाइल प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:४१

२१ फागुन , काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले आज बिहीबार दिउँसो इरानबाट इजरायलतर्फ मिसाइलहरूको ‘नयाँ लहर’ प्रहार भएको पुष्टि गरेको छ ।

आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जारी गरिएको विज्ञप्तिमा आइडीएफले देशको हवाई रक्षा प्रणाली पूर्ण रूपमा सञ्चालनमा रहेको र शत्रुको खतरालाई ‘आकाशमै नष्ट गर्न’ काम गरिरहेको जनाएको छ ।

आईडीएफले इजरायली जनतालाई सुरक्षा निर्देशिकाहरूको पूर्ण पालना गर्न र जिम्मेवार भएर काम गर्न आग्रह गरेको छ ।

आक्रमणका कारण इजरायलका विभिन्न शहरहरूमा साइरन बजाइएको छ र सर्वसाधारणहरूलाई सेल्टरमा जान भनिएको छ ।

इरानको यो पछिल्लो प्रहारले मध्यपूर्वमा जारी युद्ध झनै भयावह मोडमा पुगेको संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?