१९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय इरानले वार्ता गर्न चाहे पनि निकै ढिला भइसकेको दाबी गरेका छन् । मंगलबार ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमार्फत इरानले धेरै ढिलो गरी वार्ता गर्न चाहेकाले आक्रमण रोक्न नसकिएको आशय व्यक्त गरेका हुन् ।
‘उनीहरूको एयर डिफेन्स, एयर फोर्स, नौसेना र लिडरसीप समाप्त भइसकेको छ,’ सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले लेखेका छन्, ‘उनीहरू वार्ता गर्न चाहन्थे । मैले भने- धेरै ढिला भइसक्यो ।’
ट्रम्पले यसभन्दा अघि पनि इरानले वार्ता गर्न चाहेको बताएका थिए । इरानका सुरक्षा प्रमुख अली लोरीजानीले सामाजिक सञ्जाल प्लाटफर्म एक्स मार्फत खण्डन गरेका थिए । उनले लेखेका थिए, ‘हामी अमेरिकासँग वार्ता गर्ने छैनौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4