१९ फागुन, काठमाडौं । इजरायल र अमेरिकाको सैन्य हमलामा परी इरानमा ७४२ जनाको मृत्यु भएको दाबी गरिएको छ । इरानको रेड क्रिसेन्ट सोसाइटीलाई हवाला दिँदै इजरायल-अमेरिकाको हमलामा परी ७८७ इरानी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्टस इन इरानले भने इरानमा ७४२ जना आम नागरिक मारिएको बताएको छ । जसमा १७६ जना बालबालिका सामेल छन् ।
इरानी संसदको स्वास्थ्य आयोगका सदस्य फातेमेह मोहम्मदबेगीले इरानामा ९ अस्पतालमा निसाना बनाएर अमेरिका–इजरायलले हमला गरेको बताएका थिए ।
दुवै देशले जानीबुझीकन अस्पतालमा निसाना बनाएको उनको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4