+
+
Shares

भक्तपुरमा कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते 

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सडकमा भएको दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित सडकमा दुर्घटना हुँदा पाँच घाइते भएका थिए।
  • दुर्घटनामा गम्भीर घाइते तीन जनाको उपचारको क्रममा मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रकाश जबेगुले बताए।
  • मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका योगेन्द्र प्रधान, सुरेन्द्र प्रधान र कृष्णमाया प्रधान रहेका छन्।
१९ फागुन, भक्तपुर । नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सडकमा भएको दुर्घटनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ ।
सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा आज मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिँदै उनले कार दुर्घटनामा घाइते थप दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?