+
+
Shares

रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा घाइते मतदान अधिकृत अधिकृत डोरप्रसाद घिमिरे पनि मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते २०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामेछाप नगरपालिका–२ सिरुबारीमा मतदान सामग्री र कर्मचारी लिएर गएको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा प्रहरीका असई पर्शुराम यादव घटनास्थलमै र मतदान अधिकृत डोरप्रसाद घिमिरे उपचारको क्रममा मरेका हुन्।
  • घाइते सात जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ र गाडीमा निर्वाचन सामग्रीहरू थिए।

१८ फागुन, काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा घाइते मतदान अधिकृत अधिकृत डोरप्रसाद घिमिरे पनि मृत्यु भएको छ । उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो ।

उनी रामेछाप नगरपालिका-३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयका शिक्षक हुन् । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइते ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

गाडीमा निर्वाचनका कर्मचारी र निर्वाचन सामग्रीहरू थिए ।

यी हुन् घाइतेहरू

-भीमबहादुर मानन्धर शिक्षक
-सम्बर बहादुर मानन्धर ड्राइभर
-कृष्णप्रसाद घिमिरे शिक्षक
-दुर्गा कार्की
-सविना खड्का
-केदार कुमार राेका
-पूजादेवी सुनुवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?