+
+
Shares

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु   

दुर्घटनामा गम्भीर घाइते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।    

रासस रासस
२०८२ फागुन १२ गते १२:२७

१२ फागुन, बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको प्र३–०२–००५प १००८ नम्बरको मोटरसाइकल सोमबार राति नालामा खस्दा मोटरसाइकलका चालक मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरका ४० वर्षीय प्रेमबहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका गोलेको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?