+
+
Shares

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते २३:०५

८ फागुन, धनगढी । कैलालीको गोदावरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ७ बजेतिर सुपप्र ०१–००९ प ७५८१ नम्बरको एनएस र सुपप्र ०१–०१० प ३१८७ नम्बरको अर्को मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने २२ वर्षीय हरिष ओली, गौरीगंगा नगरपालिका १ बस्ने २५ वर्षीय योगेन्द्र शाह र गोदावरी नगरपालिका १ बस्ने २६ वर्षीय हरि पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा गोदावरी नगरपालिका–६ बस्ने २३ वर्षका जीवन पाठक गम्भीर छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?