+
+
Shares

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय विशाल धाँमीको मृत्यु भएको छ।
  • पोखरा महानगरपालिका–१६ पश्चिमाञ्चल क्याम्पस नजिक मोटरसाइकल दुर्घटनामा ३४ वर्षीय सुजन तामाङको मृत्यु भएको छ।
  • सप्तकोशी नगरपालिका–१ गोल्चोकस्थित सडकमा मोटरसाइकल ठक्करबाट ७४ वर्षीय मिश्रीलाल खङको मृत्यु भएको प्रहरीले जनाएको छ।

२३ वैशाख, काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा बा प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कीर्तिपुर नगरपालिका–४ सल्यानटार बस्ने ३० वर्षीय विशाल धाँमीको मृत्यु भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिका–१६ पश्चिमाञ्चल क्याम्पस नजिक सडकमा ग १७ प ८१२ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा नुवाकोट घर भएका ३४ वर्षीय सुजन तामाङको मृत्यु भएको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका–१ गोल्चोकस्थित सडकमा बा ५८ प २०२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–९ पाटनटोल बस्ने ७४ वर्षीय मिश्रीलाल खङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?