News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा बा ४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको छ।
- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
२१ वैशाख, काठमाडौं । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा ४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिए ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4