News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको जलजलामा वैशाख पूर्णिमाका मेलामा सहभागी भएर गएको बोलेरो जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ।
- मृतकहरू सिस्ने गाउँपालिका ५, टाकुरा, रुकुम पूर्व, भुमे ५, रुकुम पूर्व र दाङका विभिन्न स्थानका छन्।
- घाइते समीर कामी उपचारपछि घर फर्किसकेका छन् र शव परिवारलाई बुझाउने काम भइरहेको छ।
१८ वैशाख, रुकुम । बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो ।
बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका- १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
दुर्घटनामा एक जना घाइते भएका थिए । घाइते समीर कामी सिस्ने ५ का हुन् उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
यी हुन् ज्यान गुमाएकाहरू
सिस्ने–५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत
भुमे–५, रुकुम पूर्व घर भएकाहरू
११. टेकप्रसाद बुढामगर
दाङको घोराही–१५, रतनपुर घर भएकाहरू
१२. दोरपती जिसी (५४ वर्ष)
१३. तिला जिसी (३२ वर्ष)
१४. जेनिस जिसी (७ वर्ष)
१५. जेनिसा जिसी (१२ वर्ष)
१६. एलिना जिसी (२५ वर्ष)
१७. संयोग जिसी (७ वर्ष)
१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक
प्रतिक्रिया 4