News Summary
Generated by OK AI. Editorially reviewed.- दाङको लमहीमा भूमिहीन किसानहरूले भूमि र आवासको अधिकार सुनिश्चित गर्न प्रदर्शन गरेका छन्।
- प्रदर्शनमा सहभागीहरूले 'उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर' नारा लेखिएका प्लेकार्ड देखाएका थिए।
- भूमिहीन, सुकुमवासी, अव्यवस्थित बसोबासी लगायतले जबरजस्ती उठिबास रोक्न र सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
२३ वैशाख, बुटवल । दाङको लमहीमा भूमिहीन किसानहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै उनीहरूले प्रदर्शन तथा सभा गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले `उठिबास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर´ भन्ने नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।
र्यालीमा दाङका विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम भूमिहीन, सुकुमवासी, अव्यवस्थित बसोबासी, गुठी, मोही तथा मुक्त कमैया संघर्ष समिति दाङ देउखुरीको आयोजनामा सम्पन्न भएको हो ।
लमही नगरपालिका, राप्ति गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाबाट सहभागी भएका प्रदर्शनकारीहरूले आफूहरूको दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छन् ।
उनीहरूले जबरजस्ती उठिबास रोक्न, सुरक्षित बसोबासको व्यवस्था गर्न तथा भूमि र आवासको अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
प्रतिक्रिया 4