+
+
Shares

धनगढीमा पनि ओली–लेखकको रिहा माग्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते १७:१२

१४ चैत, धनगढी । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै धनगढीमा पनि प्रदर्शन गरिएको छ । नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार जिल्लामा क्रियाशील २३ वटै जनसंगठनको संयुक्त आयोजनामा धनगढीमा शनिबार दिउँसो प्रदर्शन गरिएको हो ।

एमाले पार्टी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेटसम्म हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड र सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ ।

ओली र रमेश लेखकलाई तत्काल रिहा गर्न उनीहरूले माग गरिएको छ ।

प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडिको सडकमा आयोजित कोण सभालाई अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्का, किसान महासंघ सुदूरपश्चिमका नेता मदन रेग्मी र भूमीहीन सुुुकुम्बासी संगठनका केन्द्रीय उपमहासचिव लोकेन्द्र सिंहले सम्बोधन गरेका थिए ।

उनीहरूले ओली र लेखकमाथि बालेन शाह नेतृत्वको सरकारले प्रतिशोध साधेको भन्दै तत्काल रिहा गर्न माग गरे भने रिहा नभएमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?