+
+
Shares

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते

मोरङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको सुन्दरहरैँचा नगरपालिका-७ सलकपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते अन्य दुई जनालाई नोबेल अस्पताल विराटनगरतर्फ पठाइएको छ।
  • प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

२२ वैशाख, काठमाडौं । मोरङमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-७ सलकपुरस्थित सडकमा प्र.१-०१-००१ ख ४३०३ नम्बरको ट्रकमा को.१० प ८१२८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक धनकुटा छथरजोरपाटी गाउँपालिका-१ बस्ने २० वर्षीय अनिष बुढाथोकी गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ पठाइएको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?