News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले आयोगका प्रतिवेदनका सुझाव कार्यान्वयन नगर्दा दुर्घटना बढेको बताएकाे छ।
- महासंघले २१ फागुनमा निर्वाचन अवधिभरि ग्रामीण कच्ची सडकमा यातायात नचलाउन सचेत गराएको छ।
- सोमबार धादिङमा भएको यात्रुबस दुर्घटनामा १९ यात्रुको मृत्यु भएको थियो र गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
१२ फागुन, काठमाडौं । यातायात व्यवसायीले सरकारबाट विभिन्न समयमा गठित आयोगले दिएका प्रतिवेदनमा उल्लेख सुझाव र सिफारिस कार्यान्वयन नहुँदा दुर्घटना बढेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार भएको यात्रुबस दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ । सोही दुर्घटना सम्बन्धी छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेकोमा स्वागत गर्दै महासंघले विगतका प्रतिवेदन कार्यान्वयनमा जोड दिएको छ ।
सिमलताल बस दुर्घटना प्रतिवेदन, यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८० लगायत प्रतिवेदन सरकारसँग छन् । ती प्रतिवेदनका सिफारिस कार्यान्वयन नहुँदा दुर्घटना प्रतिदिन बढीरहेको महासंघका कार्यवाहक महासचिव पुरुषोत्तम सिम्खडाले बताए ।
महासंघले २१ फागुनमा निर्धारित निर्वाचन अवधिभरि र अन्य समयमा पनि सरकारले रुट कायम नगरेका ग्रामीण कच्ची सडकमा यातायात नचलाउन समेत सचेत गराइएको छ ।
निर्वाचनमा भयरहित वातावरणमा यातायात साधन चलाउने वातावरण बनाउन समेत महासंघले माग गरेको छ । सोमबार धादिङमा भएको दुर्घटनामा १९ यात्रुको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4