+

नेसन्स कप क्योकुसिन कराते प्रतियोगिता खेल्न बुदोकैदो टोली रुस जाने

२०८२ फागुन  १२ गते १८:३१ २०८२ फागुन १२ गते १८:३१
नेसन्स कप क्योकुसिन कराते प्रतियोगिता खेल्न बुदोकैदो टोली रुस जाने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टोली ५ खेलाडीसहित नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन फेब्रुअरी २७ देखि मार्च २ सम्म रुसको मस्को जाने भएको छ।
  • पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्नेछन् भने महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन्।
  • प्रशिक्षक वीरकृष्ण महर्जनले टोलीको नेतृत्व गर्नेछन् र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई बिदाइ गरेका छन्।

१२ फागुन, काठमाडौं । नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ ।

फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्ने छन् । महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन् ।

प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफ समेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

बुदोकैदो टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय