+

लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै

२०८३ वैशाख  २९ गते ९:१२ २०८३ वैशाख २९ गते ९:१२
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आजदेखि सुरु हुने शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाल विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

पालले लिग टु अन्तर्गत ओमान विरुद्ध खेलेको पछिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन ।

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल टु डाउनमा छन् ।

मिडल अर्डरमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र गुल्शन झा छन् । बलिङमा नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

नेपालले स्कटल्यान्डसँष घरेलु मैदानमा हालसम्म हार बेहोरेको छैन । २ मध्ये २ खेल नै जितेको छ । समग्र हेड टु हेडमा वनि नेपालले ५ खेल जित्दा ४ मा पराजित भएको छ ।

स्कटल्यान्ड लिग २ अंकतालिकामा दोस्रो स्थानमा रहेको टोली हो ।

विश्वकप लिग टु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय