News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जेन्टिना फुटबल संघले फिफा विश्वकप २०२६ का लागि ५५ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको छ।
- टोलीमा ६ गोलकिपर, १८ डिफेन्डर, १५ मिडफिल्डर र १६ फरवार्डको नाम समावेश छ।
- पाब्लो डिबला प्रारम्भिक सूचीमा छैनन् भने लियोनल मेसी फरवार्डमा छन्।
२९ वैशाख, काठमाडौं । जुन ११ देखि उत्तर अमेरिकाको तीन राष्ट्रमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकप २०२६ का लागि साविक विजेता अर्जेन्टिनाले प्रारम्भिक टोली घोषणा गरेको छ ।
अर्जेन्टिना फुटबल संघले आधिकारिक प्रारम्भिक टोली भन्दै ५५ खेलाडीको सूची सार्वजनिक गरेको छ ।
जसमा ६ गोलकिपर, १८ डिफेण्डर, १५ मिडफिल्डर र १६ फरवार्डको नाम समावेश छ । पाब्लो डिबला भने प्रारम्भिक सूचीमा छैनन् ।
यस्तो छ प्रारम्भिक टोली
गोलकिपर : एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, जुआन मुसो, वाल्टर बेनिटेज, फाकुन्डो काम्बेसेस, सान्टियागो बेल्ट्रान
डिफेन्डर : अगस्टिन जियाय, गोन्जालो मोन्टिएल, नाहुएल मोलिना, निकोलस कापाल्डो, केभिन म्याक एलिस्टर, लुकास मार्टिनेज क्वार्ता, मार्कोस सेनेसी, लिसान्द्रो मार्टिनेज, निकोलास ओटामेन्डी,लियोनार्डो बालेर्दी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लाउतारो डी लोलो, जाइद रोमेरो, फाकुन्डो मेदिना, मार्कोस अकुना, निकोलस ट्याग्ललिएफिको, गाब्रियल रोजास
मिडफिल्डर : माक्सिमो पेरोने, लिएन्ड्रो परेडेस, गुइडो रोड्रिगेज, अनिबाल मोरेनो, मिल्टन डेलगाडो, अलान भरेला, इजेक्वेल फर्नान्डेज, रोड्रिगो डे पाउल, इजेक्वेल पलासियोस, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जिओभानी लो सेल्सो, निकोलास डोमिङ्गेज,एमिलियानो बुएन्दिया, भालेन्टिन बार्को
फरवार्ड : लियोनल मेसी, निकोलास पाज, फ्रान्को मास्तान्तुओनो, थियागो आल्माडा, टोमस अरान्डा, निकोलास गोन्जालेज, अलेजान्द्रो गार्नाचो, गिउलियानो सिमोनी, माटिएस सोउल, क्लाउडियो एचेभेरी, गियानलुका प्रेस्तियानी, सान्टियागो कास्ट्रो, लाउतारो मार्टिनेज, जोस मानुएल लोपेज, जुलियन आल्भारेज, माटेओ पेलेग्रिनो
प्रतिक्रिया 4