+

लिग २ क्रिकेटमा नेपालले स्कटल्यान्डसँग खेल्दै

२०८३ वैशाख  २९ गते ७:२३ २०८३ वैशाख २९ गते ७:२३
लिग २ क्रिकेटमा नेपालले स्कटल्यान्डसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।
  • नेपालले शृंङ्खलाको पहिलो खेलमा आज स्कटल्यान्डसँग विहान साढे ९ बजे खेल्दैछ।
  • नेपाल २४ खेलमा १८ अंकसहित सातौं स्थानमा छ भने अमेरिका र स्कटल्यान्ड शीर्ष दुई स्थानमा छन्।

२९ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको ओडीआई शृंङ्खला आजदेखि सुरु हुँदै छ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल विहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

लिग २ को अंकतालिकामा अमेरिका र स्कटल्यान्ड शीर्ष २ मा भएका टोलीहरू हुन् । अमेरिकाले २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंकका साथ दोस्रोमा छ ।

नेपालले भने २४ खेलमा १८ अंक मात्र जोडेर सातौं स्थानमा छ ।

स्कटल्यान्डसँग नेपालले हालसम्म ५ ओडीआई खेल जित्दा ४ खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएका दुवै खेल नेपालले जितेको छ ।

यो शृङ्खला सुरु हुनुअघि स्कटल्यान्ड र अमेरिका नेपाल ए सँग दुई-दुई पटक पराजित भएका छन् । उक्त नतिजाले सिनियर टोलीलाई पनि जित निकाल्ने मनोबल बढ्नेछ भने चुनौती पनि रहनेछ ।

नेपाली क्रिकेट टोलीले गत साता घरेलु मैदानमा लिग २ को एउटा शृंङ्खला खेलेको थियो । ओमान र यूएईसँगको उक्त शृङ्खलामा ४ मध्ये ३ खेल नेपालले जितेको थियो ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, इशान पान्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल,
सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय