+
+
Shares

भूकम्पपछि भेटिएको नवौँ शताब्दीको मूर्ति स्थापना

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा मंगलबार स्थापना गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १४:५६

१२ फागुन, काठमाडौं । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्तिपीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा मंगलबार स्थापना गरिएको हो ।

मूर्ति प्राणप्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले १२ लाख रुपैयाँ तथा स्थानीयले चन्दा दिएका थिए । मन्दिरको प्रारूप कीर्तिपुर नगरपालिका-६ का प्राविधिक प्रभाष महर्जनले तयार गरेका हुन् ।

उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्व विभागले बताएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?