News Summary
Generated by OK AI. Editorially reviewed.- संगीतले पार्किन्सन र डिमेन्सिया भएका बिरामीहरूको स्वर स्पष्ट र हिँडडुलमा सुधार ल्याउँछ भने सम्झने शक्ति बढाउँछ।
उमेर बढ्दै जाँदा शरीरमा अनेकन् समस्या देखिन्छन् । विभिन्न रोग लाग्न थाल्छ । एक्लोपनदेखि नसोचेको रोग बुढ्यौलीमा लाग्नु सामान्य जस्तै हुन्छ । तर, यी सबलाई भुलाउने, मन शान्न पार्ने एउटा कुरा छ- संगीत ।
हो, संगीत सधैं मनोरञ्जनका लागि मात्र हुँदैन । होहल्ला र नाचगान गर्नका लागि मात्र हुँदैन । यसले तन रमनका लागि एउटा औपधिका रूपमा पनि काम गर्छ । ओरेगन विश्वविद्यालयका प्रोफेसर र एभ्री ब्रेन निड्स म्युजिकका लेखक ल्यारी शर्मनका अनुसार जीवनभर संगीत सिक्ने वा गाउने गर्दा हाम्रो दिमागका कोषिकाहरू बलियो हुन्छन् । यसले बुढेसकालमा लाग्ने बिर्सने रोगहरूलाई ढिलो बनाउन वा रोक्न मद्दत गर्छ । अनुसन्धानले पनि यही कुरा भन्छ ।
संगीतमा रमाउनाले उमेरसँगै लाग्ने रोगहरूको जोखिम कम हुन्छ नै, सँगै रोग लागिसकेका बिरामीहरूका लागि पनि यो एउटा बलियो सहारा बन्छ । गीत गाउँदा पार्किन्सनका बिरामीहरूको स्वरमा प्रस्टता आउँछ । उनीहरूको दैनिक जीवन सहज हुन्छ ।
त्यस्तै अरू संगीत सम्बन्धी अभ्यासले उनीहरूलाई हिँडडुल गर्न पनि सजिलो बनाउँछ । अझ क्याथीले बिर्सने रोग (डिमेन्सिया) लागेकाहरूका लागि संगीतले सम्झने शक्ति, मान्छेको अनुहार पहिचान र पुराना सम्झनाहरूको याद गर्ने क्षमतामा सुधार ल्याउँछ ।
संगीतले हाम्रो दिमागलाई कसरी मद्दत गर्छ ?
संगीतले कसरी काम गर्छ भन्ने कुरा सबैमा एउटै नहुन सक्छ । डिमेन्सिया भएकाहरूका लागि संगीतले सोच्ने र सम्झने शक्ति बढाउँछ । हाम्रो दिमागमा संगीत सम्झिने भाग यति बलियो हुन्छ कि अल्जाइमर जस्तो कडा रोगले पनि त्यसलाई सजिलै मेटाउन सक्दैन ।
पार्किन्सनमा संगीतले शरीरको चाल र स्वर सुधार्न मद्दत गर्छ । तर दिमागको अवस्था धेरै बिग्रनुअघि नै यस्तो उपचार सुरु गर्नु राम्रो हुन्छ । कुनै रोग नलागेका स्वस्थ मानिसहरूका लागि पनि संगीत बरदान साबित भएको छ । लामो समयसम्म संगीत सिक्ने वा गाउने गर्दा दिमागका नसाहरू बीचको सम्बन्ध बलियो हुन्छ । हामी बुढो हुँदै जाँदा यसले हाम्रो दिमागलाई बुढो हुन दिँदैन ।
किनकि संगीतको अनुभवले हाम्रो दिमागको ठूलो हिस्सा ओगट्छ । त्यसैले बोल्न नसक्ने अवस्थामा पुगेका बिरामीहरूले पनि संगीत सुनेर प्रतिक्रिया दिन सक्छन् ।
जीवनमा संगीतलाई कसरी उपयोग गर्ने ?
संगीतको फाइदा युवाहरूलाई पनि उत्तिकै हुन्छ । डेनमार्ककी प्रोफेसर अन्ना जामोरानाले गरेको एक अनुसन्धानका अनुसार संगीत सिक्ने मानिसहरूले शारीरिक पीडा कम महसुस गर्छन् ।
उदाहरणका लागि, संगीतकारहरूले अप्ठ्यारा धुन सिक्नका लागि दुख गर्दा उनीहरूलाई शारीरिक थकान/पीडाको त्यति महसुस हुँदैन । किनकि उनीहरूको दिमागले एक किसिमको सफलता र आनन्दको महसुस गरिरहेको हुन्छ ।
जामोरानाका अनुसार दिनमा ३० देखि ४५ मिनेट कुनै बाजा बजाउनु वा संगीत अभ्यास गर्नु स्वास्थ्यका लागि शारीरिक व्यायाम गरे जस्तै हुन्छ ।
सामूहिक गायन अझ राम्रो
एक्लै संगीत सुन्नु भन्दा अरूसँग मिलेर गाउनु अझ लाभदायक हुन्छ । समूहमा गाउँदा हाम्रो दिमागमा डोपामाइन र इन्डोर्फिन जस्ता रसायनहरू निस्किरहेका हुन्छन् । यसले हामीलाई समूहमा सुरक्षित र सम्मानित गराइरहन्छ ।
त्यस्तै समूहमा गाउँदा एकअर्कासँग घुलमिल पनि सहज र छिटो हुन्छ । यसले सम्बन्धलाई त बलियो बनाउँछ नै, सँगै त्यसले हामीलाई एउटा छुट्टै र सुन्दर संसारमा लैजान्छ।
प्रतिक्रिया 4