News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको कुरा भ्रमपूर्ण र गलत भएको बताइन्।
- मन्त्री गौतमले बीमा कार्यक्रममा भएका समस्याहरू क्रमशः सुधार गर्ने प्रतिवद्धता जनाइन् र भूक्तानी नभएको गुनासो छिटै समाधान गर्ने बताइन्।
- उनले स्थानीय तहले निशुल्क औषधी उपलव्ध गराउनुपर्ने र केन्द्रले सहयोग गर्ने उल्लेख गरिन्।
२४ कात्तिक, काठमाडौं । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता नरहेको बताएकी छन् ।
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन् ।
निजी औषधी व्यवसायीहरू मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भन्दै सजग हुन उनको आग्रह छ ।
मन्त्री गौतमले बीमा कार्यक्रममा भएका समस्याहरू क्रमश: सुधार गर्दै जाने प्रतिवद्धता जनाइन् ।
बीमा कार्यक्रम अन्तर्गतको भूक्तानी नभएको गुनासो केहि अस्पतालबाट आएको भन्दै उनले त्यसलाई छिटै समाधान गर्ने बताइन् ।
उनले सुशासन कायम गरेर सहज रुपमा सेवा दिनका लागि केन्द्रीत हुन आग्रह गरिन् ।
मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधी नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधी उपलव्ध पाउने अवस्था बनाउनुपर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताइन् ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया 4