+

घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा

२०८२ भदौ  १६ गते १७:३५ २०८२ भदौ १६ गते १७:३५
घरमा नियमित औषधि सेवन गर्ने वृद्धावृद्धा छन् ? ध्यान दिनुपर्ने ५ कुरा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुढ्यौलीमा मधुमेह, मोतियाबिन्दु, उच्च रक्तचाप, आर्थराइटिस र मानसिक समस्या देखिन सक्छन् र मनोरोग विशेषज्ञको सल्लाह लिनुपर्छ।
  • औषधि सुरक्षित ठाउँमा राख्न, औषधिको सूची बनाउने, गलत औषधि नलिन दोहोरो जाँच गर्ने र डाक्टरको निर्देशन पालना गर्नुपर्छ।

बढ्दो उमेरसँगै शरीरमा विभिन्न रोगहरूले बास गर्छन् । शरीर कमजोर हुँदै जान्छ । मधुमेह, मोतियाबिन्दु, उच्च रक्तचाप, कम सुन्ने समस्या, हृदय रोग, जोर्नी दुख्ने आर्थराइटिस लगायतका समस्या देखिन सक्छन् । त्यसैगरी, मानसिक समस्याहरू डिप्रेसन, डिमेन्सिया, निद्राको समस्या आदि देखा पर्न सक्छन् ।

बुढ्यौली जीवनको एक चरण हो । यो अवस्थामा रोग लाग्ने सम्भावना रहन्छ । शहरीकरणका कारण धेरै कुराहरूलाई बेवास्ता गरिएको छ । यस्तोमा बुढापाकालाई मानिसहरूले उचित प्रतिक्रिया दिँदैनन् र उनीहरूसँग टाढा रहने प्रयास गर्छन् ।

यसले गर्दा बुढापाकाहरू डिप्रेसनमा पनि पर्छन् ।  बुढ्यौलीमा यी रोगहरूले शरीरलाई हानि नपुगोस् भनेर मनोरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । त्यसपछि औषधिको लामो सूची सुरु हुन्छ । कहिलेकाहीँ केही औषधिहरू जीवनभर लिनुपर्ने हुन्छ । तर, ढल्कँदो उमेरसँगै औषधि सेवन गर्दा सावधानी अपनाउनुपर्छ, नत्र फाइदाको सट्टा हानि हुन सक्छ । धेरै अनुसन्धानले अनुसार ६५ वर्षभन्दा माथिका धेरै व्यक्तिहरू औषधिमा निर्भर हुन्छन् ।  त्यसैले औषधिको व्यवस्थापन अत्यन्त जरुरी हुन्छ ।

बुढापाकाको औषधिमा कसरी ध्यान दिने ?

१. सबै औषधि र भिटामिन एकै ठाउँमा राख्ने

यदि औषधिहरू फरक–फरक ठाउँमा राखिन्छ भने, तिनलाई एकै ठाउँमा राख्दा घरका बुढापाकालाई धेरै सजिलो हुन्छ । कहिलेकाहीँ घरमा अन्य सदस्य नहुन पनि सक्छन्,  यस्तोमा बुढापाकाले आफैं औषधि लिन सक्छन् । तर, औषधि फरक-फरक ठाउँमा राखियो भने वृद्धवृद्धाले केही औषधिहरू लिन बिर्सन सक्छन् ।

उदाहरणका लागि, कतिपयले भान्सामा केही चक्की राख्छन् भने कतिपयले बेड वा अन्य ठाउँमा । तर धेरै औषधिहरू एकै समयमा लिनुपर्ने हुन्छ । यस्तोमा फरक–फरक ठाउँमा राखिएका औषधिहरूको कारण तिनहरू छुट्न सक्छन् । जसले औषधिको प्रभावकारिता कम हुन सक्छ ।  त्यसैले, कुन औषधि कहिले र कसरी लिने भन्ने कुरा डाक्टरसँग राम्रोसँग बुझ्न जरुरी हुन्छ । समय वा मात्रामा लापरबाहीले थप जोखिममा पार्न सक्छ । यदि वृद्धवृद्धा आफैंले औषधि लिन्छन् भने, मोबाइलमा समयको रिमाइन्डर सेट गर्नुपर्छ।

२. औषधिलाई सुरक्षित ठाउँमा राख्नुहोस्

सामान्यतया, औषधिलाई चिसो र सुख्खा ठाउँमा राख्नुपर्छ । यसको मतलब औषधिहरूलाई सावधानीपूर्वक राख्नुपर्छ । नत्र चिसो र घामले औषधिको प्रभावकारिता कम हुन सक्छ । औषधिहरूलाई बालबालिका वा घरपालुवा जनावरको पहुँच भन्दा टाढा सुरक्षित राख्नुपर्छ ।  विशेष ठाउँमा राख्नुपर्ने औषधिका लागि डाक्टर वा फार्मासिस्टको निर्देशन पालना गर्नुपर्छ।

३. औषधिको सूची बनाउने र कायम राख्ने

नकारात्मक औषधि अन्तरक्रियाबाट बच्न, बुढापाकाले कुन–कुन नियमित औषधिहरू लिइरहेका छन् भन्ने जान्न जरुरी छ । त्यसैले, उनीहरूको औषधि, भिटामिन तथा पूरक तत्वहरूको अप–टु–डेट सूची राख्नुपर्छ ।

औषधिको नाम, यो कुन समस्याका लागि प्रयोग हुन्छ त्यसको जानकारी राख्नुपर्छ । दिनमा ती औषधि दिनमा कति पटक लिइन्छ खाने वा प्रयोग गर्ने भन्ने टिपोट गर्दा सहज हुन्छ । डाक्टरले तोकेको प्रत्येक औषधि बुढापाकाले सही रूपमा लिइरहेका छन् कि छैनन जानकारी राखिराख्नुपर्छ ।

औषधिहरू छोटो अवधिका लागि हो वा दीर्घकालीन प्रयोगका लागि त्यो जानकारी राख्न आवश्यक छ । औषधिको म्याद सकिने मिति र बुढापाकाले कुनै औषधि दोहोर्‍याएर नलिउन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।

४. गलत औषधि नलिउन भनेर दोहोरो जाँच गर्ने

केही बुढापाकाले धेरै औषधि, भिटामिन वा पूरकहरू लिइरहेका हुन्छन् । यस्तोमा अन्य कुनै गलत औषधि नलिउन् भन्ने कुरामा ध्यान दिनुपर्छ । डाक्टर वा फार्मासिस्टसँग कुनै अन्तरक्रिया नहोस् भनेर अनलाइन ड्रग इन्टरएक्शन चेकर प्रयोग गर्नुपर्छ ।

५. औषधिको निर्देशन स्पष्ट छ भन्ने सुनिश्चित गर्नुहोस्

औषधिसँगै डाक्टरको निर्देशन पालना गर्नु महत्त्वपूर्ण हुन्छ ।  यदि यो पालना गरिएन भने औषधिले राम्रोसँग काम नगर्न सक्छ । त्यसैले, डाक्टरले जे भन्छन्, त्यसको पालना गर्नु जरुरी छ । यसले नकारात्मक औषधि अन्तरक्रिया र साइड इफेक्टको जोखिम कम गर्छ ।

बुढापाकाले एकै समयमा कुन–कुन औषधि लिन सुरक्षित छ भन्ने कुरा बुझ्नुपर्छ । केही औषधिहरू खानुअघि केही खानुपर्ने हुन्छ, भने केही खाली पेटमा लिनुपर्ने हुन्छ । यदि कुनै अनिश्चितता छ भने, डाक्टरसँग स्पष्टीकरण र विस्तृत निर्देशन लिनुपर्छ ।

औषधि बुढाबुढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय