News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ ६ गते विश्व बन्धुत्व दिवसको अवसरमा नेपालमा एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको छ।
- यो रक्तदान अभियान ब्रह्माकुमारीज संस्थाको अगुवाइमा नेपाल–भारतभरका शाखाहरूले सञ्चालन गरेका थिए।
काठमाडौं । नेपालमा एकैदिन सबैभन्दा ठूलो रक्तदान भएको छ । विश्व बन्धुत्व दिवसको अवसरमा यही भदौ ६ गते एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको हो । यति धेरै मात्रामा एकै दिन रक्तदान भएको नेपालको इतिहासमै पहिलो भएको दावी गरिएको छ ।
ब्रह्माकुमारीज संस्थाको अगुवाइमा नेपालमा विभिन्न शहरमा आयोजित रक्तदानबाट अभियानबाट यति ठूलो मात्रामा रगत संकलन गरिएको आयोजकले जानकारी दिएका छन् ।
आयोजक अनुसार यो अभियान ब्रह्माकुमारीजका नेपाल–भारतभर फैलिएका शाखाहरूले सञ्चालन गरेको थियो । यसमा विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा सहकार्य समेत थियो ।
यस अभियानको शुभारम्भ भादौ १ गते ललितपुरबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेल गरेका थिए ।
कहाँबाट कति पिन्ट रगत संकलन भयो ?
काठमाडौं क्षेत्र : १,७४५ पिन्ट
विराटनगर क्षेत्र : १,३०२ पिन्ट
नारायणगढ क्षेत्र : ८१२ पिन्ट
नेपालगञ्ज क्षेत्र : २५६ पिन्ट
बीरगंज क्षेत्र : २२० पिन्ट
पोखरा क्षेत्र : १४९ पिन्ट
दाङ क्षेत्र : १३७ पिन्ट
बुटवल क्षेत्र : १२१ पिन्ट
हेटौंडा क्षेत्र : ११३ पिन्ट
जनकपुर क्षेत्र : १०० पिन्ट
भैरहवा क्षेत्र : ६७ पिन्ट
राजविराज क्षेत्र : २५ पिन्ट
कुल संकलन : ५०४७ पिन्ट
प्रतिक्रिया 4