+

मानसिक विकारको समस्यामा देखिन्छन् यी लक्षण, कसरी बच्ने ?

२०८२ भदौ  १६ गते ११:१६ २०८२ भदौ १६ गते ११:१६
Shares
मानसिक विकारको समस्यामा देखिन्छन् यी लक्षण, कसरी बच्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानसिक विकारले व्यक्तिको सोच, व्यवहार र मनोदशामा नकारात्मक असर पार्छ र डिप्रेसन, एन्जाइटी लगायत रोग लाग्न सक्छ।
  • मानसिक विकारका लक्षणहरू सुरुवाती, मध्यम र गम्भीर चरणमा विभाजित छन् र प्रत्येक चरणमा लक्षण फरक हुन्छ।

मानसिक विकारका लक्षणहरू समयसँगै बिग्रँदै जान्छन् । मनोविकारको दर व्यक्तिहरूमा फरक–फरक हुन्छ । वंशाणुगत कारण, उमेर, स्वास्थ्य अवस्था र मनोविकारको आधारभूत कारणहरू रोगको प्रगतिका लागि जिम्मेवार हुन सक्छन् । डिमेन्सियाका विभिन्न चरणहरू छन्, जसले स्वास्थ्यमा विभिन्न तरिकाले प्रभाव पार्छ ।

वैज्ञानिकहरूले अल्जाइमर रोगसँग सम्बन्धित विभिन्न प्रकारका मनोविकारका लागि चरणहरूको विभिन्न प्रणालीहरू निर्धारण गरेका छन्, तर चरण निर्धारण प्रणाली पूर्ण रूपमा सही हुँदैन र चरणहरू प्रायः एक अर्कासँग ओभरल्याप हुन सक्छन् । लक्षणहरू कुनै चरणमा देखिन पनि सक्छन् र नदेखिन पनि सक्छन् ।

मानसिक विकार के हो ?

मानसिक विकारले त्यस्तो अवस्थालाई बुझाउँछ जसले व्यक्तिको सोच व्यवहार र मनोदशामा नकारात्मक असर पार्छ र जसका कारण व्यक्तिलाई डिप्रेसन र एन्जाइटी लगायत अरू मानसिक रोग लाग्न सक्छ ।

यसले व्यक्तिको सोच, व्यवहार र मनोदशामा नकारात्मक असर पार्छ । जसका कारण व्यक्ति डिप्रेसन र एन्जाइटीमा पर्न सक्छ । यसले व्यक्तिको समग्र स्वास्थ्य बिग्रन्छ र उसको शरीर विभिन्न रोगहरूको घर बन्न सक्छ । मानसिक विकार कुनै पनि व्यक्तिलाई हुन सक्छ ।

मानसिक विकारका लक्षणहरू के हुन्  ?

-सधैँ उदास रहनु

-ध्यान केन्द्रित गर्न नसक्नु

-शारीरिक गतिविधिहरूबाट टाढा रहनु

-सोचमा डुबिरहनु

-डर लाग्नु

-भोक कम वा धेरै लाग्नु

-निद्रा कम वा धेरै हुनु

-धेरै रिस उठ्नु

-थकान महसुस हुनु

-धेरै सोच्नु

मानसिक विकारका प्रकारहरू कति छन् ?

-बाइपोलर डिसअर्डर

-डिमेन्सिया

-पार्किन्सन रोग

-डिस्लेक्सिया

-एडीएचडी

-डिप्रेसन

-ओसीडी

-पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर

मानसिक विकारका चरणहरू

मानसिक विकारको लक्षणहरू समयसँगै बढेर जान्छन् । मनोविकारको कारण व्यक्तिपिच्छे फरक हुन्छन् । वंशाणुगत, उमेर, स्वास्थ्य अवस्था लगायत मनोविकारका आधारभूत कारण हुन् । मानसिक विकारका विभिन्न चरणहरू छन्, जसले स्वास्थ्यमा विभिन्न तरिकाले प्रभाव पार्न सक्छ ।

वैज्ञानिकहरूले मानसिक विकारसँग सम्बन्धित विभिन्न प्रकारका मनोविकारका लागि विभिन्न चरणहरूको निर्धारण प्रणाली पूर्णरुपमा सही हुँदैन र चरणहरू प्राय एक-अर्कासँग ओभरल्याप हुन सक्छन् । लक्षणहरू कुनै चारणमा देखिन पनि सक्छन् र नदेखिन पनि सक्छन् ।

सुरुवाती चरण

मानसिक विकार प्राय सोच्ने क्षमतामा हल्का कमीबाट सुरु हुन्छ । उदाहरणका लागि, कुनै व्यक्ति हालको कुराकानी वा परिचित वस्तुको नाम बिर्सन सक्छ । प्रारम्भिक लक्षणहरूमा कार्यक्षमतामा कमी आउने हुन सक्छ, । जस्तै: बिल भुक्तानी गर्न कठिनाइ ।

मानसिक विकारबाट पीडित व्यक्तिका नजिकका व्यक्तिहरूले उनमा हुने परिवर्तनहरू सजिलै देख्न सक्छन् । मानसिक विकार भएका व्यक्तिलाई केही ठिक नभएको महसुस हुन सक्छ, तर उनीहरू आफ्ना लक्षणहरू लुकाउने प्रयास पनि गर्न सक्छन् । केही प्रकारका मनोविकारले भाषालाई प्रभावित गर्छन्, जबकि अन्यले स्मरण शक्तिलाई प्रभावित गर्छन्।

मध्यम मनोविकार चरण

जब मानसिक विकार बढ्दै जान्छ, लक्षणहरू लुकाउन गाह्रो हुन्छ । थप ध्यान दिन योग्य लक्षणहरू विकास हुन सक्छन् । यस्तो अवस्थामा व्यक्तिलाई आफ्नो हेरचाह वा दैनिक गतिविधिहरूमा सहयोग आवश्यक हुन्छ । व्यक्तित्वमा परिवर्तनहरू थप स्पष्ट हुन सक्छन् । व्यक्तिलाई भ्रम वा डरको अनुभव हुन सक्छ, र स्मरण शक्तिको हानि बढ्न सक्छ । मध्यम मानसिक विकार भएका व्यक्तिहरू सामान्यतया आफ्नो ठेगाना वा अन्य व्यक्तिगत जानकारी, जस्तै फोन नम्बर, बिर्सन्छन् । निद्राको ढाँचा र मनोदशा पनि परिवर्तन हुन सक्छ ।

गम्भीर मनोविकार चरण

बिस्तारै मानसिक विकार बढ्दै गम्भीर बन्न सक्छ । प्रायः यो चरणमा व्यक्तिको स्मरण शक्ति धेरै कम हुन्छ । गम्भीर मानसिक विकार भएका व्यक्तिले परिवारका सदस्यहरूलाई चिन्न सक्दैनन् । यो अवस्था तब झनै भयानक हुन्छ, जब व्यक्तिलाई हिँडडुल गर्न, पिसाब रोक्नमा समस्या हुन्छ । यो अवस्थामा आन्द्रा र मूत्राशयको कार्य नियन्त्रण गर्ने क्षमतामा कमी आउँछ । गम्भीर मानसिक विकारले मांसपेशीमा कठोरता र असामान्य प्रतिक्रियाहरू पनि निम्त्याउन सक्छ ।

पीडित व्यक्तिलाई सामान्यतया खाना खाने, नुहाउने र लुगा लगाउने जस्ता कार्यका लागि पूर्णकालिक व्यक्तिगत हेरचाह आवश्यक हुन्छ । गम्भीर मनोविकार भएका व्यक्तिहरू निमोनिया लगायत अन्य सङ्क्रमणको जोखिममा छिट्टै पर्छन्, र उनीहरू ओछ्यानबाट उठ्न सक्षम हुँदैनन् ।

मानसिक विकारबाट बच्ने उपायहरू

व्यायाम/ध्यान

दैनिक व्यायामले मानसिक विकारबाट बच्न र कम गर्न सहयोग गर्छ । हरेक दिन कम्तीमा ३० मिनेट व्यायाम गर्दा शारीरिक र मानसिक स्वास्थ्य ठिक रहन्छ ।
यदि डिप्रेसनको समस्या छ भने पनि ध्यान गरेर आफ्नो मानसिक अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । यो दैनिक १५ मिनेटसम्म गर्दा मानसिक विकारबाट छिट्टै बाहिर निस्कन सकिन्छ ।

पौष्टिक आहार

खानपानमा ध्यान दिनाले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सकिन्छ र रोगहरूबाट पनि बच्न सकिन्छ ।

मनोचिकित्सकको सल्लाह

जब व्यक्तिको अवस्था धेरै बिग्रन्छ, तब परिवारका सदस्यहरूले मनोचिकित्सकको सल्लाह लिन्छन् । मनोचिकित्सकले व्यक्तिसँग कुराकानी गरेर उसको मनोदशा बुझ्ने प्रयास गर्छन् । जसरी सामान्य मानिसहरू स्वास्थ्य समस्याका लागि चिकित्सककोमा जान्छन्, त्यसै गरी मानसिक स्वास्थ्यका लागि मनोचिकित्सककहाँ जानुपर्छ । मनोचिकित्सकहरूले प्रायः टक थेरापीको प्रयोग गरेर व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउने प्रयास गर्छन् ।

मानसिक विकारबाट हुने जटिलताहरू

मानसिक रोग अशक्तताको प्रमुख कारण हो । सही उपचार नहुँदा वा उपचार आधा–अधुरा छोड्दा मानसिक रोगले गम्भीर भावनात्मक, व्यवहारिक र शारीरिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

कमजोर प्रतिरक्षा प्रणाली, जसले शरीरलाई सङ्क्रमणसँग लड्न समय लाग्छ

पारिवारिक/सामाजिक समस्याहरू

-सामाजिक दूरी

-चुरोट, रक्सी र अन्य नशालु पदार्थसँग सम्बन्धित समस्याहरू

-आत्महत्या वा अरूलाई हानि पुर्‍याउने जोखिम

-दुर्घटनाको जोखिम बढ्नु

-मुटु रोग र अन्य चिकित्सकीय समस्याहरू

मानसिक विकारका चरणहरू जान्नाले पीडित व्यक्तिलाई सहयोग गर्न मद्दत पुग्छ, तर मनोविकारको अनुभव प्रत्येक व्यक्तिमा फरक हुन्छ । पीडितको जीवनशैलीमा यथासम्भव परिवर्तन ल्याउनु जरुरी छ, ताकि उनीहरूले यो रोगको सामना गर्न सकुन् ।

मानसिक विकार
डा. सुमनप्रसाद अधिकारी
लेखक
डा. सुमनप्रसाद अधिकारी
वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ

अध्ययन : एमबीबीएस, एमडी नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९१२० हाल काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय