+

बेसार : औषधीय गुणले भरिपूर्ण, प्रयोग गर्न नजाने जोखिम

२०८२ साउन  १८ गते १४:०५ २०८२ साउन १८ गते १४:०५
बेसार : औषधीय गुणले भरिपूर्ण, प्रयोग गर्न नजाने जोखिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेसारमा पाइने करक्युमिनले एन्टी–इन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणहरूका कारण क्यान्सर, कलेजो रोग र पाचन समस्यामा सहयोग गर्छ।
  • अत्यधिक बेसार सेवनले पेट गडबडी, रगत पातलो हुने जोखिम र कलेजो तथा मिर्गौलामा तनाव उत्पन्न हुन सक्छ भने चिकित्सकसँग परामर्श आवश्यक छ।

दक्षिण एसियाली देशहरूको भान्सामा प्रयोग हुने एक मसला हो-बेसार । यसको प्रयोग र फाइदाका विषयमा विभिन्न माध्यममा धेरै चर्चा हुने गरेको पाइन्छ । छातीमा जलन, अपच, मधुमेह, डिप्रेसन, अल्जाइमर जस्ता रोगको निदानमा बेसारले सहयोग गर्छ भन्ने दावी गरेको पाइन्छ । केही रिपोर्टमा त क्यान्सरको उपचारमा समेत यसको सम्भावित भूमिका उल्लेख गरिएको छ ।

साथै, बेसार सौन्दर्यका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ, विशेषतः छालासम्बन्धी समस्याहरूको उपचारमा यसको प्रयोग गरिन्छ ।

बेसारका फाइदाहरू : वैज्ञानिक आधार

बेसार जमिनमुनि फल्ने एक प्रकारकोमसला हो, जसको खेती विश्वका धेरै क्षेत्रमा गरिन्छ । यसमा करक्युमिन नामक यौगिक हुन्छ, जुन बेसारको चम्किलो पहेंलो रङ र औषधीय गुणका लागि जिम्मेवार हुन्छ । करक्युमिनमा एन्टी–इन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुणहरू हुन्छन् । यी गुणहरूका कारण बेसारलाई परम्परागत र आधुनिक चिकित्सामा विभिन्न रोगहरूको उपचारमा प्रयोग गरिन्छ ।

वैज्ञानिक अनुसन्धानहरू

करक्युमिनले विभिन्न प्रकारका क्यान्सरहरूको वृद्धिलाई रोक्न सक्छ भन्ने कुरा मुसाहरूमा गरिएको अध्ययनहरूले देखाएको छ । जर्नल अफ अमेरिकन एसोसिएसन फर क्यान्सर रिसर्चमा प्रकाशित एक अध्ययनमा करक्युमिनले कोलोरेक्टल, स्तन र फोक्सोको क्यान्सरका कोशिकाहरूको वृद्धिलाई कम गर्न सक्ने देखाएको छ । यद्यपि, यी अध्ययनहरू मुख्य रूपमा जनावरहरूमा गरिएका छन्, र मानवमा यस्तो प्रभाव पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।

कलेजोको रोगमा प्रभाव

बेसारमा पाइने करक्युमिनले प्राइमरी स्क्लेरोसिङ सिरोसिस र प्राइमरी बिलियरी सिरोसिस जस्ता कलेजोका रोगहरूमा सुधार ल्याउन सक्छ । अस्ट्रियाको ग्राजस्थित चिकित्सा विश्वविद्यालयका माइकल टर्नरको नेतृत्वमा भएको यो अध्ययनले करक्युमिनको एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूले कलेजो सुनिन्ने समस्या र क्षतिलाई कम गर्न मद्दत गर्ने देखाएको छ । यी रोगहरूले कलेजोलाई गम्भीर क्षति पुर्‍याउन सक्छन्, जसले घातक सिरोसिस निम्त्याउन सक्छ ।

पाचनमा प्रभाव

बेसारले पाचन प्रक्रियालाई सहज बनाउँछ र प्रदूषणका कारण शरीरमा उत्पन्न हुने हानिकारक प्रभावहरूसँग लड्न मद्दत गर्छ । जर्नल अफ क्लिनिकल बायोकैमिस्ट्री एंड न्यूट्रिसनमा प्रकाशित एक अध्ययनले करक्युमिनले पेट सुन्निएको र अपचलाई कम गर्न सक्ने देखाएको छ । साथै, यसले आन्द्राको स्वस्थ माइक्रोबायोमलाई सहायता गर्छ ।

छालासँग सम्बन्धित फाइदाहरू

बेसारको एन्टिब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुणहरूले छालाको संक्रमण, डण्डीफोरलाई कम गर्न मद्दत गर्छ । फाइटोथेरापी रिर्सचमा प्रकाशित एक अध्ययन अनुसार बेसारको प्रयोगले छालाको घाउ निको पार्ने प्रक्रियालाई तीव्र बनाउन सक्ने देखाएको छ । यही कारण बेसार धेरै सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ ।

बेसारको प्रयोग

खानामा प्रयोग

सामान्यतया खानामा बेसारको प्रयोग रङ र स्वादका बढाउन प्रयोग गरिन्छ । विश्व स्वास्थ्य संगठनले व्यक्तिको तौलअनुसार प्रतिकिलो ग्राम ०.१–३ मिलीग्राम बेसार शरीरका लागि सुरक्षित मानेको छ । उदाहरणका लागि, ५० किलोग्राम तौल भएको व्यक्तिले दैनिक ०.५–१.५ ग्राम बेसार प्रयोग गर्न सक्छ ।

ट्याबलेट वा पूरक

विश्वका कतिपय देशहरूमा बेसारको ट्याबलेट वा पूरक को रूपमा पनि प्रयोग गरिन्छ, विशेष गरी जहाँ खानामा बेसारको नियमित प्रयोग हुँदैन । यस्ता पूरकहरूमा करक्युमिनको मात्रा उच्च हुन्छ, जसले फाइदाहरूलाई बढाउन सक्छ ।

बेसारका सम्भावित हानि

सामान्य मात्रामा र परम्परागत रूपमा बेसारको प्रयोग सुरक्षित मानिन्छ । तर, अत्यधिक मात्रामा वा अनुचित प्रयोगले केही स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

पाचन सम्बन्धी समस्या

अत्यधिक बेसारको सेवनले पेटमा गडबडी, वाकवाकी, बान्ता, एसिड रिफ्लक्स, पखाला वा कब्जियत जस्ता समस्याहरू निम्त्याउन सक्छ । जर्नल अफ क्लिनिकल गैस्ट्रोएन्टरोलोजीमा प्रकाशित एक अध्ययन अनुसार उच्च मात्रामा करक्युमिनको सेवनले पेट सुन्निने समस्या र अल्सरको जोखिम बढाउन सक्ने देखाएको छ ।

रगत पातलो हुने

करक्युमिनमा रगत पातलो बनाउने गुण हुन्छ, जसले रक्तस्रावको जोखिम बढाउन सक्छ । प्लेटलेट्स जर्नलमा प्रकाशित एक अध्ययन अनुसार करक्युमिनले प्लेटलेट्सको कार्यलाई प्रभावित गर्न सक्छ, जसले रगत बग्ने समयलाई लम्ब्याउन सक्छ । तसर्थ, एस्पिरिन, वार्फारिन वा अन्य रगत पातलो गर्ने औषधि खाने व्यक्तिहरूलाई बेसारको अत्यधिक प्रयोग नगर्न सुझाव दिइन्छ ।

कलेजो र मिर्गौलामा प्रभाव

बेसारले कलेजोको स्वास्थ्यमा फाइदा पुर्‍याउन सक्छ, तर अत्यधिक मात्रामा लामो समयसम्म प्रयोग गर्दा कलेजोमा तनाव उत्पन्न हुन सक्छ । टक्सीकोलोजी रिपोर्टमा प्रकाशित एक अध्ययनले उच्च डोजको करक्युमिन पूरकले कलेजोको एन्जाइम स्तरमा परिवर्तन ल्याउन सक्ने देखाएको छ । साथै, मिर्गौलामा पत्थरीको जोखिम भएका व्यक्तिहरूले बेसारको अत्यधिक प्रयोगबाट बच्नुपर्छ । किनकि, यसमा अक्सलेट हुन्छ, जसले पत्थरीको जोखिम बढाउन सक्छ ।

एलर्जी र व्यक्तिगत संवेदनशीलता

केही व्यक्तिहरूलाई बेसार वा करक्युमिनबाट एलर्जी हुन सक्छ, जसले छालामार्‍याश, चिलाउने वा श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ । यस्ता लक्षणहरू दुर्लभ भए पनि व्यक्तिगत संवेदनशीलताको आधारमा देखिन सक्छ ।

औषधिसँग ‘रियाक्सन’

बेसारले केही औषधिहरूसँग ‘रियाक्सन’ गर्न सक्छ । उदाहरणका लागि, मधुमेहको औषधि जस्तै मेटफर्मिनसँग लिँदा रगतमा चिनीको मात्रा अत्यधिक कम हुन सक्छ । ड्रग मेटाबोलिज्म एण्ड डिसपोजिसनमा प्रकाशित एक अध्ययनले करक्युमिनले लिवरमा औषधिको मेटाबोलिज्मलाई प्रभावित गर्न सक्ने देखाएको छ, जसले औषधिको प्रभावकारितालाई परिवर्तन गर्न सक्छ ।

ध्यान दिनुपर्ने कुरा

उचित मात्रा : सामान्य खानामा बेसारको प्रयोग १–२ चम्चा वा १–३ ग्राम दैनिक सुरक्षित मानिन्छ । पूरक वा ट्याबलेटको रूपमा प्रयोग गर्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ ।

विशेष अवस्थाहरू : गर्भवती महिला, रगत पातलो गर्ने औषधि खाने व्यक्तिहरू, वा कलेजो÷मिर्गौलासम्बन्धी रोग भएकाहरूले बेसारको अत्यधिक प्रयोग गर्नुहुँदैन ।

सन्तुलित प्रयोग : बेसारलाई कालो मरिचसँग मिसाएर खाँदा करक्युमिनको अवशोषण बढ्छ, तर यो पनि सीमित मात्रामा गर्नुपर्छ ।

औषधि खाना बेसार
लेखक
डा. विसुनदयाल पटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बेसार : औषधीय गुणले भरिपूर्ण, प्रयोग गर्न नजाने जोखिम

बेसार : औषधीय गुणले भरिपूर्ण, प्रयोग गर्न नजाने जोखिम

डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

के गर्भावस्थामा देखिने लक्षणबाट थाहा पाउन सकिन्छ छोरा छ कि छोरी ?

के गर्भावस्थामा देखिने लक्षणबाट थाहा पाउन सकिन्छ छोरा छ कि छोरी ?

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)