+

क्यान्सरप्रति जनचेतना फैलाउन क्यान्सर स्क्रिनिङ शिविर हुँदै

२०८२ साउन  १६ गते १७:१९ २०८२ साउन १६ गते १७:१९
क्यान्सरप्रति जनचेतना फैलाउन क्यान्सर स्क्रिनिङ शिविर हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्टरनेशनल हेल्थ सर्भिसले क्यान्सर रोगप्रति जनचेतना फैलाउन काठमाडौं महानगरपालिका वडा न २७ को संयोजनमा क्यान्सर स्क्रिनिङ शिविर आयोजना गर्ने भएको छ।
  • शिविर शनिबार जमलस्थित विश्वज्योती हलमा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
  • डा. अख्तरको नेतृत्वमा क्यान्सर प्रारम्भिक चरणमै पत्ता लाग्ने सम्भावना बढाउन निःशुल्क परामर्श र ५० प्रतिशत छुटमा विभिन्न परीक्षण गरिनेछ।

काठमाडौं । नेपाल इन्टरनेशनल हेल्थ सर्भिस(एनआईएचएस)ले क्यान्सर रोगप्रति जनचेतना फैलाउने उद्देश्यले क्यान्सर स्क्रिनिङ शिविर हुने भएको छ । काठमाडौं महानगरपालिका वडा न २७ को संयोजनमा शनिबार जमलस्थित विश्वज्योती हलमा उक्त शिविर हुन लागेको हो ।

शिविर बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

क्यान्सररोग विशेषज्ञ डा. अख्तरको नेतृत्व रहेको शिविरमा सर्वसाधारणका लागि क्यान्सरको प्रारम्झिक स्क्रिनिङ गरिने छ । यस्तो स्त्रिनिङले क्यान्सर प्रारम्भिक चरणमै पत्ता लाग्ने सम्भावना धेरै हुने र समयमै उपचार गर्दा रोग निको हुने सम्भावना बढ्ने डा. अख्तर बताए।

डा. अख्तरले जोखिम न्यूनिकरण गर्न प्रत्येक व्यक्तिले समय–समयमा यस्तो परीक्षणमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् । साथै, शिविरमा भिटामिन डी थ्री, थायराइड, मधुमेह, युरिन रुटिन, प्रोस्टेट र पेल्भिसको अल्ट्रासाउण्डमा ५० प्रतिशत छुट र क्यान्सर सम्बन्धी निःशुल्क परामर्श दिइनेछ ।

क्यान्सर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के गर्भावस्थामा देखिने लक्षणबाट थाहा पाउन सकिन्छ छोरा छ कि छोरी ?

के गर्भावस्थामा देखिने लक्षणबाट थाहा पाउन सकिन्छ छोरा छ कि छोरी ?

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

औषधिको प्रयोगबारे जानी राखौं यी महत्वपूर्ण कुरा

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बेवास्ता नगरौँ, मधुमेहले निम्त्याउन सक्छ यी ११ जटिलता

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

बाल क्यान्सर पहिचान र अस्पताल खर्च नभएकालाई निःशुल्क सेवा दिएका छौं (भिडियो)

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

के हुन्छ शरीरमा, जब हरेक दिन समोसा खाइन्छ ?

हेपाटाइटिसबारे जानौं, कसरी बिगार्छ यसले कलेजो ?

हेपाटाइटिसबारे जानौं, कसरी बिगार्छ यसले कलेजो ?