+

‘बुढ्यौली रोक्ने एन्टी-एजिङ सुई नेपालमा त्यति प्रयोग गरिँदैन, सिफारिस पनि गर्दैनौं’

२०८२ असार  ३२ गते १९:३० २०८२ असार ३२ गते १९:३०

यदि सुईको डोज उच्च भयो वा अशुद्ध रूपमा दिइयो भने कार्डियाक अरेस्ट हुने जोखिम हुन्छ ।

‘बुढ्यौली रोक्ने एन्टी-एजिङ सुई नेपालमा त्यति प्रयोग गरिँदैन, सिफारिस पनि गर्दैनौं’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. प्रज्ज्वल पुडासैनीले एन्टीएजिङ इन्जेक्सनलाई ग्लुटाथायोन तत्व नसाबाट दिने प्रक्रिया भएको र यसको जोखिमहरू रहेको बताए ।
  • नेपालमा एन्टीएजिङ इन्जेक्सनको प्रयोग कम छ र डर्माटोलोजिस्टहरूले सिफारिस गर्दैनन्, तर भारत र फिलिपिन्समा यसको प्रयोग बढ्दो छ।

बुढ्यौली कुनै रोग होइन, जीवनको स्वाभाविक चक्र हो । बुढ्यौलीसँगै शरीर र छालामा देखिने परिवर्तन स्वाभाविक हुन् ।

अनुहारको चमक हराउँदै जाँदा, छाला सुख्खा हुँदै, खुकुलिँदै जाँदा वा चाउरीले घेर्दै गर्दा धेरैको मनमा एउटै प्रश्न उब्जिन्छ-के म फेरि उस्तै देखिन सक्दिन ? आधुनिक सौन्दर्य उद्योगले यस स्वाभाविक प्रक्रियालाई ‘रोक्ने’ उपाय ल्याएको दावी गरिरहेको छ ।

त्यो हो, एन्टी-एजिङ इन्जेक्सन । एकातिर विश्वभर नै यसको प्रयोगकर्ता बढी रहेको छ, अर्कोतिर विशेषज्ञहरू यसका जोखिमप्रति चेतावनी दिइरहेका छन् । यसै सन्दर्भमा रहेर निजामती कर्मचारी अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. प्रज्ज्वल पुडासैनीसँग अनलाइनखबरका लागि मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश:

के हो त एन्टी-एजिङ इन्जेक्सन ?

एन्टी-एजिङ इन्जेक्सन भनेको बुढ्यौलीसँगै शरीरमा हुने विषाक्त पदार्थको प्रभाव घटाएर अनुहारमा देखिने बुढयौलीको लक्षण कम गर्न ग्लुटाथायोन भन्ने तत्व सुईमार्फत नसामा दिने प्रक्रिया हो ।

के हो ग्लुटाथायोन ?

ग्लुटाथायोन शरीरमा स्वाभाविक रूपमा पाइने एक शक्तिशाली एन्टीअक्सिडेन्टयुक्त एमिनो एसिड हो । यो तत्व एक किसिमको प्रोटिन हो । जुन हाम्रो शरीरको कोषिकाहरूमा बनिरहेको हुन्छ ।

यसले शरीरका कोषहरूमा हुने ‘अक्सिडेटिभ स्ट्रेस’ अर्थात् विषाक्त तत्वको प्रभावलाई कम गर्छ । जसले अनुहारमा चमक ल्याउँछ । शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । चाउरीपना कम गर्ने हुन्छ । जुन शरीरमा स्वतः उत्पादन हुन्छ ।

यी तत्वको स्रोत के हुन् ?

ग्लुटाथायोन शरीरले आफैं पनि बनाउँछ । केही खानेकुरामा पनि पाइन्छ-जस्तैः कागती, सुन्तला, ओखर, ब्रोकाउली, हरियो सागपात र अन्य फलफूल तथा तरकारीहरूमा हामीले यो पाउन सक्छौं ।

ग्लुटाथायोन कस्तो प्रकारमा उपलब्ध हुन्छ ?

ग्लुटाथायोनलाई अहिले इन्जेक्सन, क्याप्सुल, क्रिम, फेसवास र केमिकल पिलिङका रूपमा प्रयोग गर्न थालिएको छ । तर, यस्ता औषधि तथा इन्जेक्सन नलिनु भनिन्छ । किनकी, यसको अध्ययन अनुसन्धान धेरै भएका छैनन् ।

अनि यसका साइडइफेक्ट धेरै देखिन्छन् । यो सुई नसाबाट छालामा दिइने हुँदा मुटु, कलेजो र मिर्गौलामा समस्या आउन सक्छ ।

कस्तो अवस्थामा यो सप्लिमेन्ट दिइन्छ ?

छालाको चाउरीपन, सुख्खापन वा सूर्यको हानिकारक प्रभाव कम गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त छन् । प्रायः ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूले प्रयोग गर्छन् । यिनीहरू गर्भवती वा स्तनपान गराउने महिलाहरूलाई सिफारिस गरिँदैन । तर, इन्जेक्सन लगाएरै अनुहारमा यी परिवर्तन आउँछ भन्ने कुरा पुष्टी भइसकेको छैन ।

यसले कसरी काम गर्छ ?

शरीरमा दैनिक हुने मेटाबोलिक रसायन स्राव हुन्छ । यो बेला शरीरले स्वत रुपमै एन्टीअक्सिडेन्ट बनाउँछ । ग्लुटाथायोनले विषाक्त पार्ने रसायनलाई कम गर्छ । अनुहारमा उमेर बढेसँगै पाइरोसिनेज भन्ने इन्जाइमहरू निष्काशन भई कालो दागहरू बन्ने प्रक्रियालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा बन्न दिँदैन भन्ने गरिन्छ । तर, यसबारे पनि गतिलो प्रमाण भने अहिलेसम्म पेश भइसकेको छैन ।

नेपालमा यो सुईको प्रयोगको अवस्था कस्तो छ ?

नेपालमा एन्टी-एजिङ सुईको खासै प्रयोग हुँदैन । डर्माटोलोजिस्टले यी उपाय सुझाउदैनन् । र, सिफारिस पनि गर्दैनन् । किनकी, यसले पार्न सक्ने जोखिम बढी हुन्छ । अवैधानिकरुपमा भने प्रयोगमा आइरहेको सुनिन्छ । तर, नेपाल बाहिर भने यसको प्रयोग बढ्दो छ । विशेष गरी फिलिपिन्समा यसको प्रयोग व्यापक छ ।

नेपालमा एन्टी-एजिङ सुईको खासै प्रयोग हुँदैन । डर्माटोलोजिस्टले यी उपाय सुझाउदैनन् । र, सिफारिस पनि गर्दैनन् । किनकी, यसले पार्न सक्ने जोखिम बढी हुन्छ । अवैधानिकरुपमा भने प्रयोगमा आइरहेको सुनिन्छ । तर, नेपाल बाहिर भने यसको प्रयोग बढ्दो छ । विशेष गरी फिलिपिन्समा यसको प्रयोग व्यापक छ ।

भारत र केही एसियाली देशहरूमा यसको प्रयोग अत्यधिक रुपमा भइरहेको छ । नेपालमा पनि यसको व्यापारिक चलन देखिन थालेको छ, यद्यपि इन्जेक्सनकै प्रयोग भने थोरै मात्रामा देखिन्छ ।

अहिले यो ग्लुटाथायोन तत्व केही मात्रामा लगाउने क्रिम, फेसवास र केमिकल पिलहरूमा पाइन्छ । यी उत्पादन भने चिकित्सकले सिफारिस गर्न सक्छन् । लगाउने र खाने ग्लुटाथायोनको साइड इफेक्ट कमै हुन्छ । यसले चाउरीपन कम गर्ने, पोतो कम गर्ने, अनुहारमा चमक ल्याउने र अनुहारमा दागहरू कम गर्छन् । तर, यही समस्याको यही मात्र समाधान हो भनेर भन्ने ठोस तत्व ग्लुटाथायोनलाई लिइँदैन ।

किन सुई लगाउन चिकित्सकले सुझाउदैनन् ?

पहिलो, यो अनुमति प्राप्त औषधिमा पर्दैन । दोस्रो, सुई नसाबाट रगतको नलीमा दिनुपर्ने हुन्छ । यसरी दिँदा मुटु, कलेजो र मिर्गौलामा असर गर्न सक्छ ।

यसका नकारात्मक असरहरू कस्ता हुन सक्छन् ?

ग्लुटाथायोन इन्जेक्सन नसाबाट दिँदा रगतको माध्यमबाट सिधा मुटुमा पुग्छ । यदि सुईको डोज उच्च भयो वा अशुद्ध रूपमा दिइयो भने कार्डियाक अरेस्ट हुने जोखिम हुन्छ ।

रक्तचाप एकाएक घट्ने वा बढ्ने स्थिति हुन सक्छ, जसले मुटुमा थप बोझ पार्छ । किनकी, नसाबाट दिँदा ग्लुटाथायोनले शरीरको इलेक्ट्रोलाइट सन्तुलनमा हस्तक्षेप गरी मांसपेशीमा असर गर्छ ।

ग्लुटाथायोन इन्जेक्सन नसाबाट दिँदा रगतको माध्यमबाट सिधा मुटुमा पुग्छ । यदि सुईको डोज उच्च भयो वा अशुद्ध रूपमा दिइयो भने कार्डियाक अरेस्ट हुने जोखिम हुन्छ । रक्तचाप एकाएक घट्ने वा बढ्ने स्थिति हुन सक्छ, जसले मुटुमा थप बोझ पार्छ ।

त्यस्तै, ग्लुटाथायोन आफैं कलेजोमा बनिने प्राकृतिक एन्टी-अक्सिडेन्ट हो, तर बाहिरबाट सुईको माध्यमबाट धेरै मात्रा दिँदा कलेजोले त्यो अतिरिक्त ग्लुटाथायोनलाई प्रशाधन गर्न नसक्ने अवस्था आउन सक्छ ।

किनकी, कलेजोले एकैचोटि अत्यधिक औषधि फिल्टर गर्न सक्दैन । यदि मात्रा बढी भयो भने, कलेजो सुन्निने र कोष नष्ट हुने हुन सक्छ । कलेजोको डिटोक्सिफिकेशन प्रक्रिया नै बिग्रन सक्छ, जसले गर्दा अन्य विषाक्त तत्वहरू पनि शरीरमा जम्मा हुन थाल्छन् ।

अर्को भनेको मिर्गौलाले शरीरको विषाक्त पदार्थ निकाल्ने मुख्य अंग हो । सुईबाट दिइएको ग्लुटाथायोन पनि अन्ततः मिर्गौलाबाट निस्कनुपर्छ । अत्यधिक डोजका कारण मिर्गौलाको फिल्टर प्रणालीमा थप दबाब पर्न सक्छ ।

रसायनहरू छिटो र उच्च मात्रामा नशाबाट दिएको बेला मिर्गौलाले तिनलाई तुरुन्तै फिल्टर गर्न सक्दैन, जसले गर्दा टोक्सिक भार परी मिर्गौला सम्बन्धी समस्या उत्पन्न गराउन सक्छ ।

अघिल्लो महिना भारतीय अभिनेत्री शेफाली जरिवालाको अल्पायुमै मृत्यु भयो । उनले छाला राम्रो पार्ने सुई लिनुलाई मृत्युको कारण मानिएको छ नि ?

उनको मृत्युको कारण यो पनि हुनसक्छ । किनकी उनले मेडिकल रिर्पोटमा ग्लुटाथायोन सुई नै लिने गरेको भन्ने बताइएको छ । यसले नसामा लिँदा रगतको नलीमा पुगेर मुटुमा असर गरी कार्डियाक एरेस्ट भएको हुनसक्छ ।

हाल, यस्ता भ्याक्सिनहरूको प्रयोग पूर्णरूपमा व्यापक भएको छैन । धेरैजसो अनुसन्धान चरणमा छन्। त्यसैले, कुनै पनि भ्याक्सिन प्रयोग गर्नुअघि चिकित्सक वा विशेषज्ञसँग परामर्श गर्नु आवश्यक छ ।

बुढ्यौलीको लक्षण कम गर्न प्राकृतिक रुपमा के गर्न सकिन्छ ?

यी लक्षण कम गर्ने प्राकृतिक उपाय हो, एन्टी-अक्सिडेन्ट खानेकुरा खानु । भिटामिन सी, ई र एन्टीअक्सिडेन्टयुक्त फलफूल (कागती, सुन्तला, ब्रोक्कोली, पालुङ्गो जस्ता तरकारी खान सकिन्छ ।

त्यस्तै, योग, हिँडाइ वा हल्का व्यायामले कोषिका स्वास्थ्य राख्ने र रक्तसञ्चार सुधार्ने गर्छ । ७–८ घण्टा निद्राले शरीर र छालाको कोषमा नवीनता ल्याउन राख्न मद्दत गर्छ । दिनमा २–३ लिटर पानी पिएर छाला र

शरीरलाई हाइड्रेटेड राख्नुपर्छ । सनस्क्रिन र टोपी प्रयोग गरी छालालाई घामको हानिकारक किरणबाट जोगाउनुपर्छ । धूमपान र मदिराले छाला र स्वास्थ्यमा नकारात्मक असर गर्ने हुँदा यी कुराबाट बच्नुपर्छ ।

एन्टीएजिङ इन्जेक्सन बुढ्यौली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘बुढ्यौली रोक्ने एन्टी-एजिङ सुई नेपालमा त्यति प्रयोग गरिँदैन, सिफारिस पनि गर्दैनौं’

‘बुढ्यौली रोक्ने एन्टी-एजिङ सुई नेपालमा त्यति प्रयोग गरिँदैन, सिफारिस पनि गर्दैनौं’

‘धेरैजसो देशमा विवाहित र कम्तीमा एक सन्तान भएकी महिलाबाट डिम्बदान गराइन्छ’

‘धेरैजसो देशमा विवाहित र कम्तीमा एक सन्तान भएकी महिलाबाट डिम्बदान गराइन्छ’

गर्भधारणको तयारीमा हुनुहुन्छ ? बचौँ यी ८ कुराबाट

गर्भधारणको तयारीमा हुनुहुन्छ ? बचौँ यी ८ कुराबाट

गर्भावस्थामा तनाव लिँदा शिशुको मस्तिष्क विकासमा असर पर्छ ?

गर्भावस्थामा तनाव लिँदा शिशुको मस्तिष्क विकासमा असर पर्छ ?

महिनावारी नजिकिँदा किन दुख्छ तल्लो ढाड ?

महिनावारी नजिकिँदा किन दुख्छ तल्लो ढाड ?

बिस्तारै खाना खानुको फाइदा र विज्ञानको दृष्टिकोण

बिस्तारै खाना खानुको फाइदा र विज्ञानको दृष्टिकोण