News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भधारणको तयारीमा प्रशोधित खानेकुरा, धूम्रपान, मदिरा सेवन र सङ्क्रमणबाट बच्नुपर्छ।
- प्रजनन् सम्बन्धी समस्या भएमा प्रजनन् विशेषज्ञसँग सल्लाह लिन र आवश्यक जाँच गराउनुपर्छ।
हरेक महिलाको जीवनमा यस्तो समय आउँछ, जब उनी आमा बन्नेबारे गम्भीर रूपमा सोच्न थाल्छिन् । सामान्यतया, विवाहको सुरुवाती दिनहरूमा बच्चाको बारेमा नसोच्ने जोडीहरूले पनि केही वर्षपछि यो चाहना राख्न थाल्छन् ।
तपाईँ पनि मानसिक र आर्थिक रूपमा तयार भएपछि यदि आमा बन्नेबारे गम्भीर रूपमा सोच्दै हुनुहुन्छ भने, केही चीजहरूलाई तुरुन्तै आफ्नो जीवनबाट हटाउनुपर्छ ।
१.प्रशोधित खानेकुराबाट बच्ने
फ्रेन्च फ्राइ, पकौडा, चिकन नगेट्स जस्ता खानेकुरा स्वादिष्ट लाग्न सक्छन् । तर गर्भवती हुने तयारी गर्दा स्वस्थ शरीरको आवश्यकता हुन्छ । त्यसैले यी तयारी तथा प्रशोधित खानेकुरालाई आफ्नो दैनिकीबाट हटाउनुपर्छ ।
प्रशोधित खानाले शरीर सुनिन्छ, जसले कहिलेकाहीँ गर्भधारणको सम्भावना कम गर्न सक्छ । त्यसैले, शरीर सुन्निने समस्या कम गर्न गर्भधारणका लागि तयार हुन फलफूल र तरकारी जस्ता स्वस्थ खाना खानुपर्छ।
२.धूम्रपानबाट बच्ने
धूम्रपान शुक्राणु वा अण्डाको कोशिकाहरूका लागि राम्रो होइन । चुरोटलाई शुक्राणु र अण्डाको हत्यारा मानिन्छ । नियमित धूम्रपान गर्ने महिलाहरूमा समय भन्दा पहिले महिनावारी हुने खतरा बढी हुन्छ । त्यसैले दम्पतीले धूम्रपान छोड्नका लागि एक-अर्कालाई प्रेरित गर्नुपर्छ । किनभने धूम्रपान गर्ने पुरुषहरूमा शुक्राणुको गतिशीलता ५० प्रतिशतसम्म कम हुन्छ, जसले शुक्राणुलाई अण्डासम्म पुग्न दिँदैन । धूम्रपान छोड्दा गर्भधारणको राम्रो अवसर प्राप्त हुन्छ र भविष्यमा गर्भावस्थामा पनि सहयोग मिल्छ ।
३.मदिरा सेवनबाट बच्ने
अत्यधिक मदिराले शुक्राणुको गतिशीलता कम गर्न सक्छ, जसले गर्भधारणको सम्भावना घटाउँछ । त्यसैले आफ्नो श्रीमानलाई मदिरा बन्द गर्न वा कम गर्न सुझाव दिनुपर्छ । यदि महिलाहरूले गर्भधारणको कोसिस गर्दा मदिरा सेवनबाट बचेनन् भने, यसले भ्रूणमा अल्कोहल सिनड्रोमको कारण बन्न सक्छ । यदि स्वस्थ गर्भावस्था चाहनुहुन्छ भने, ती व्यक्तिहरूको सम्पर्कबाट टाढा रहनुपर्छ जो मदिरा पिउन प्रेरित गर्न सक्छन् ।
४.सङ्क्रमणबाट बच्ने
गर्भवती हुने कोसिस गर्दै हुनुहुन्छ, भने त्यस्ता खानाहरूको सेवनबाट बच्नुपर्छ जसले संक्रमण दिन सक्छ । जस्तै डेरी उत्पादन, काँचो मासु, सुखी आदि । यी खानाहरूले भ्रूणमा संक्रमण निम्त्याउन सक्छ, जसले जन्मको समयमा बच्चाको तौल कम हुने, समयभन्दा पहिले प्रसव हुने र केही अवस्थामा गर्भपातजस्ता जटिलताहरू निम्त्याउन सक्छ । त्यसैले राम्ररी पाकेको खानेकुरा खानुपर्छ ।
५.सहयोग लिन नहिचकिचाउने
गर्भावस्थासँग सम्बन्धित समस्याहरू एक गम्भीर चिकित्सा अवस्था हो । जसरी मानिसहरू छाती दुख्ने वा उच्च रक्तचापको समस्यामा तुरुन्तै डाक्टरकहाँ जान्छन्, त्यसैगरी यदि प्रजनन् सम्बन्धी समस्या छ भने, राम्रो प्रजनन् विशेषज्ञसँग सल्लाह लिन हिचकिचाउन हुँदैन । आफ्नो श्रीमानसँगै डाक्टरले सुझाएका सबै जाँचहरू गराउनुपर्छ, जसमा फ्यालोपियन ट्युब, गर्भाशय, शुक्राणुको स्वास्थ्य, आनुवंशिक प्रोफाइल आदि समावेश छन् । आईभीएफ जस्ता सहायक प्रजनन् उपचारले पनि गर्भवती हुन सहयोग गर्न सक्छ ।
६.आफूलाई दोष दिन बन्द गर्ने
हाम्रो समाजमा आज पनि बच्चा नहुने दोष सामान्यतया महिलाहरूलाई नै दिइन्छ । त्यसैले यदि जोडीलाई बच्चा भएन भने श्रीमानभन्दा बढी चिन्ता श्रीमतीलाई हुन्छ । कतिपय अवस्थामा साथीहरू र नातेदारहरूले सधैँ गर्व गर्छन् कि, उनीहरू कसरी बिना कुनै कोसिस गर्भवती भए ।
सामान्यतया धेरैजसो अवस्थामा गर्भधारण गर्न ६ देखि १२ महिनासम्म प्रयास गर्नुपर्छ । यदि कठिनाइ भइरहेको छ भने, प्रजनन् विशेषज्ञको सहयोग लिनाले आवश्यक निदान र जानकारी प्राप्त हुनेछ, जसले उचित उपचारसँगै गर्भावस्थाको सम्भावना बढाउँछ । प्रयास गर्नुपर्छ तर आफूलाई दोष दिन तुरुन्त बन्द गर्नुपर्छ ।
७.तनावबाट बच्ने
सबैले तनावबाट बच्न चाहन्छन्, तर नचाहँदा पनि यो रहन्छ । कोसिस गर्दागर्दै पनि गर्भवती हुन सकिएको छैन भने तुरुन्तै तनावसँग जुध्ने तरिकाहरूको अभ्यास सुरु गर्नुपर्छ । प्राणायाम र ध्यानले तनावसँग जुध्न सहयोग गर्न सक्छ । धेरै वेबसाइट तथा एपहरूमा तनाव हटाउन र शान्तिपूर्ण, सुखी जीवनको आनन्द लिन टिप्स पाउन सकिन्छ ।
आफ्नो तनावको बारेमा साथीहरूसँग कुरा गर्नुपर्छ । व्यक्तिगत र व्यावसायिक सम्बन्धमा सुधार गर्नुपर्छ र आफ्ना प्रियजनहरूसँग समय बिताएर राम्रो महसुस गर्नुपर्छ यसले गर्भावस्थामा धेरै सहयोग गर्छ ।
८.अरू गर्भवतीलाई देखेर असहज महसुस नगर्ने
धेरै महिलाहरू जो गर्भधारणको कोसिस गरिरहेका छन्, उनीहरू अरू गर्भवती महिलाहरूलाई देख्दा दु:खी र उदास हुन्छन् । यस कारणले उनीहरू अरूको दही चिउरा जस्ता कार्यक्रममा सहभागी हुन असहज महसुस गर्छन् । यदि यस्ता कार्यक्रममा जान मन लाग्दैन भने नजाँदा हुन्छ । आफूलाई जे गर्दा सहज हुन्छ त्यो गर्नुपर्छ । अरूलाई देखेर असहज महसुस गर्नु भन्दा आफूलाई सहज हुने वातावरण सिर्जना गर्नुपर्छ ।
प्रतिक्रिया 4