News Summary
Generated by OK AI. Editorially reviewed.- महिनावारीको समय नजिकिँदा र महिनावारी हुँदा प्रोस्टाग्लान्डिन रसायनको अधिक उत्पादनले पाठेघरको मांसपेशी अत्यधिक खुम्चिएर तल्लो ढाड दुख्ने गर्छ।
- हल्का व्यायाम, तातोपानी सेकाइ, म्याग्नेसियम र भिटामिन बी ६ युक्त आहारले दुखाइ कम गर्न मद्दत गर्छ र अत्यधिक दुखाइमा चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खानुपर्छ।
महिनावारीको मिति नजिकिँदा धेरै महिलाहरूले एकै किसिमको गुनासो गर्छन्-‘तल्लो ढाड दुखेर बस्न उठ्नै गाह्रो हुन्छ ।’
यो समस्या महिनावारीको समय नजिकिँदा मात्र होइन । महिनावारी हुँदा पनि देखिन सक्छ ।
यस्तोमा प्रश्न उठ्छ, ‘महिनावारी आउनै लाग्दा र महिनावारी हुँदा शरीरको यो भाग किन दुख्छ ? के सधैं यस्तो पीडा सहेर बस्नुपर्ने हो ? यसको कुनै उपचार छैन ?
किन दुख्छ ?
महिनावारी सुरु हुनुभन्दा केही दिनअघि महिलाको शरीरमा ‘प्रोस्टाग्लान्डिन’ नामक रसायनको उत्पादन बढ्छ । यो रसायनले पाठेघरको मांसपेशी खुम्चाउन मद्दत गर्छ, जुन गर्भाशय भित्रको रक्तस्राव बाहिर निकाल्न आवश्यक हुन्छ ।
तर, यही प्रोस्टाग्लान्डिनको मात्रा धेरै भएमा यो मांसपेशीहरू अत्यधिक खुम्चिन्छ, जसले पेटसँगै तल्लो ढाड र जाँघतिर चिसो किसिमको दुखाइ ल्याउँछ ।
यो कहिलेकाहीँ यति गहिरो र गम्भीर हुन्छ कि दुखाइ मेरुदण्डको तल्लो भाग हुँदै कम्मर र पिठ्यूँसम्म फैलिन्छ ।
पाठेघर खुम्चिनु र ढाड दुखाइको सम्बन्ध
पाठेघर शरीरको मध्य भागमा रहेको अङ्ग हो, जुन मेरुदण्ड नजिक हुन्छ । जब पाठेघरको मांसपेशी खुम्चिन्छ, त्यहाँका स्नायुहरू पनि प्रभावित हुन्छन् । विशेषतः तल्लो ढाडको क्षेत्रमा रहेका स्नायुहरूले पाठेघरबाट आउने सन्देशलाई ओसारपोसार गर्छन्।
जब प्रोस्टाग्लान्डिनको कारण मांसपेशी धेरै तन्किन्छ, स्नायुहरूमाथि पनि दबाब पर्छ, जसको परिणामस्वरूप कम्मर दुख्ने अनुभव हुन्छ ।
शरीरको संरचना पनि कारक
तल्लो ढाड दुखाइको एक अन्य महत्वपूर्ण कारण शरीरको संरचनागत अवस्था पनि हो ।
महिलाको नितम्ब क्षेत्र पुरुषको तुलनामा फराकिलो हुन्छ । पाठेघरको भार अगाडितिर ढल्किएको हुन्छ । जसले महिनावारीका बेला तल्लो मेरुदण्डमा चाप दिन सक्छ। महिनावारी नजिकिँदा गर्भाशय केही सुन्निएको वा भारी महसुस हुनसक्छ, जसले मेरुदण्डमा थप चाप सिर्जना गर्छ ।
साथै, लामो समय कुर्सीमा बस्ने, झुकेर मोबाइल चलाउने वा बसाइ आसन ठिक छैन, वा लामो समय बस्ने काम गर्नुपर्ने वातावरण छ भने महिनावारीको बेला यो असर अझ बढी देखिन्छ ।
महिनावारीको समयमा यो तनाव अझ चर्किन्छ, जसले गर्दा ढाड दुखाइ बढी महसुस हुन्छ ।
तनाव र मानसिक अवस्था
महिनावारीका दिनहरूमा मात्र होइन, त्यसको केही दिनअघि देखिने लक्षणहरूमध्ये तनाव, थकान र निद्रा नलाग्ने समस्या प्रमुख छन् । यी सबै मानसिक अवस्थाले मांसपेशीहरू झन् कडा पार्छ । तनावले स्नायुहरूको कार्यसम्पादनमा अवरोध ल्याउँछ । त्यसैले ढाड दुखाइ केवल शारीरिक कारण होइन, मानसिक थकान र असन्तुलनको पनि असर हो ।
चिकित्सकलाई कहिले देखाउने ?
धेरैजसो महिलाहरूका लागि महिनावारीको बेला हुने तल्लो ढाड दुखाइ सामान्य र समयसँगै आफैँ कम हुने प्रकृतिको हुन्छ । तर, कहिलेकाहीँ यो दुखाइ सामान्य सीमाभन्दा पर जान सक्छ र स्वास्थ्यका दृष्टिले गम्भीर संकेत पनि हुन सक्छ ।
– उठ्न, सुत्न वा हिँड्न गाह्रो हुने गरी निरन्तर दुखिरहन्छ भने यसलाई सामान्य मान्न मिल्दैन ।
– पेनकिलर खाँदा पनि दुखाइ नघट्ने अवस्था चिन्ताजनक हुनसक्छ ।
– महिनावारीको चक्र अनियमित हुनु र सँगै ढाड दुख्नु ।
-. महिनावारी नभएका बेला पनि निरन्तर कम्मर दुख्नु रोगसँग सम्बन्धित हुन सक्छ ।
– दुखाइसँगै ज्वरो, वान्ता वा पिसाब पोल्ने समस्या देखिएमा संक्रमणको संकेत हुन सक्छ ।
महिनावारीले दैनिक जीवन प्रभावित पार्न थालेको छ, ओषधिले पनि काम गर्दैन भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । यदि तल्लो ढाड दुखाइ अत्यधिक हुन्छ, दैनिक काम गर्नै नसक्ने हुन्छ भने त्यो ‘डिस्मेनोरिया’ को लक्षण हुनसक्छ ।
डिस्मेनोरिया यो प्रायः प्रोस्टाग्लान्डिन रसायनको कारणले गर्भाशयको अत्यधिक संकुचनले हुने गर्छ । यो सामान्य भए पनि गम्भीर अवस्थामा चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।
त्यस्तो अवस्थामा स्त्रीरोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ । कहिलेकाहीँ यो दुखाइ पाठेघरको भित्री समस्या (जस्तैः ईन्डाेमेट्रियोसिस वा फाइब्रोइडको संकेत पनि हुन सक्छ ।
ईन्डोमेट्रियाेसिस यो एक स्वास्थ्य अवस्था हो, जसमा गर्भाशयको भित्री तह बाहिर बढ्छ। यसले गम्भीर ढाड दुखाइ नम्त्यिाउन सक्छ । फाइब्रोइड अर्थात् गर्भाशयमा मासुको डल्ला पलाएमा पनि ढाडमा दबाब सिर्जना गर्छ ।
खराब जीवनशैली, शरीरका गतिविधि कम हुनु, अस्वस्थ खानपान पनि रढाड दुखाइलाई बढावा दनि सक्छ ।
दुख्नेबित्तिकै के गर्न सकिन्छ ?
– हल्का स्ट्रेचिङ र व्यायाम गर्दा शरीरमा इन्डोर्फिन नामक प्राकृतिक पेनकिलर हर्मोन निस्कन्छ, जसले दुखाइ कम गर्छ ।
– तातोपानीको बोतलले कम्मर सेक्दा रक्तसञ्चार बढेर मांसपेशीलाई आराम मिल्छ । ईन्डोमेट्रियाेसिस यो एक स्वास्थ्य अवस्था हो, जसमा गर्भाशयको भित्री तह अन्यत्र फैलिन्छ । यसले गम्भीर ढाड दुखाइ नम्त्यिाउन सक्छ ।
गर्भाशयमा पलाउने फाइब्रोइड्सले पनि ढाडमा दबाब सर्जिना गर्छ ।
खराब जीवनशैलीले कम शारीरकि गतविधि, अस्वस्थ खानपान र अनुचति मुद्राले ढाड दुखाइलाई बढावा दिन सक्छ शेषगरी बिहान वा सुत्नुअघि सेकाइ गर्दा आराम मिल्न सक्छ।
– म्याग्नेसियम, भिटामिन बी ६, ओमेगा–३ युक्त आहारले प्रोस्टाग्लान्डिनको असर घटाउन मद्दत गर्छ । महिनावारी सुरुनुभन्दा हप्ता दिन अगाडिदेखि यस्तो आहार सुरु गर्दा
लक्षणहरू कम हुन सक्छन् ।
– अत्यधिक दुखिरहेको छ भने चिकित्सकको सल्लाहमा पेनकिल्लर खान सकिन्छ । तर, दुख्नेबित्तिकै खाइरहने बानी भने बनाउन हुँदैन । लागातार खाँदा अन्य गम्भीर साइडइफेक्ट हुनसक्छ ।
– शरीरलाई विश्राम दिँदा पुनः ऊर्जा सञ्चय हुन्छ । महिनावारीको समयमा सामान्यभन्दा केही बढी सुत्नु पनि फाइदाजनक हुन सक्छ ।
प्रतिक्रिया 4