News Summary
Generated by OK AI. Editorially reviewed.- हेल्थ फाउण्डेसन नेपाल, युएसए ले सेप्टेम्बर १३ देखि १५ सम्म न्यूयोर्कमा १३औं वार्षिक सम्मेलन आयोजना गर्नेछ।
- डा. आदित्य जोशीका अनुसार सम्मेलनमा मानसिक रोग, नसर्ने रोग, स्वास्थ्य साक्षरता, पोषण र दीर्घ रोगसम्बन्धी पेपर तथा पोस्टर प्रजेन्टेसन हुनेछ।
- डा. श्रीधर पौडेलले भने, 'अमेरिकामा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको सामूहिक ऊर्जा र सीपलाई नेपालको स्वास्थ्य प्रवद्र्धनमा जोड्ने साझा थलो यही सम्मेलन हो।'
काठमाडौं । ‘हेल्थ फाउण्डेसन नेपाल, युएसए (एचएफएन)’ ले आगामी सेप्टेम्बर १३ देखि १५ सम्म अमेरिकाको न्यूयोर्कमा १३औं वार्षिक सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनबाट नेपाल र अमेरिकाबीचको स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।
तीन दिने सम्मेलनमा मानसिक रोग, नसर्ने रोग, स्वास्थ्य साक्षरता, पोषण र दीर्घ रोगसम्बन्धी पेपर तथा पोस्टर प्रजेन्टेसन हुनेछन् । फाउण्डेसनका डाइरेक्टर डा.आदित्य जोशीका अनुसार नेपाल र अमेरिकाबाट आएका स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूबीच कार्यपत्रमाथि गम्भीर छलफल हुनेछ ।
सम्मेलनको पहिलो दिन मानसिक स्वास्थ्य र नसर्ने रोगहरूलाई प्राथमिकतामा राखेर कार्यपत्रहरू प्रस्तुत गरिने डा.जोशीले जानकारी दिए । साथै नेपाली परिकार र साँस्कृतिक प्रस्तुतिले सम्मेलनलाई थप आकर्षक बनाउने तयारी गरिएको छ ।
यो सम्मेलन मात्र औपचारिक जमघट नभई नेपालका लागि दीर्घकालीन स्वास्थ्य रणनीति निर्माण र भविष्यका कार्यक्रम निर्धारण गर्ने साझा मञ्च समेत हुने डा. जोशीले जानकारी दिए ।
फाउण्डेसनका अध्यक्ष डा. श्रीधर पौडेलले भने, ‘अमेरिकामा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरूको सामूहिक ऊर्जा र सीपलाई नेपालको स्वास्थ्य प्रवद्र्धनमा जोड्ने साझा थलो यही सम्मेलन हो ।’
सन् २०१३ देखि फाउण्डेसनले नेपालमा मानसिक स्वास्थ्यको प्रवर्द्धन, डिजिटल स्वास्थ्य साक्षरता, दीर्घ रोग परीक्षण, पोषण न्यूनीकरण तथा नेपाली चिकित्सकहरूलाई मेरिटसिप प्रदान गर्दै आएको छ।
करिब १५० भन्दा बढी स्वास्थ्यकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको यो सम्मेलनले नेपाल र अमेरिकाबीचको स्वास्थ्य साझेदारीलाई नयाँ आयाम दिने विश्वास गरिएको छ।
प्रतिक्रिया 4